एजेन्सी / पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।
नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ ।
दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।