काठमाडौं / अमेरिकाकी २२ बर्षीय एलिजा नामकी युवतीले ५० बर्षीय रिक नामको पुरुषसँग विवाह गरेर बस्दै आइरहेकी छिन् । उनीहरु बीच २८ बर्षको उमेर अन्तराल रहेको छ ।

उमेर अन्तरालका कारण उनीहरुबीच धेरै समस्याहरु आइपर्ने गरेको छ । कहिलेकाहीँ उनीहरूको सम्बन्धलाई अरुले बाबु छोरीको संज्ञा दिने गरेका छन् । युवतीले ती पुरुष आफ्नो बाबु नभएर श्रीमान् रहेको सबैलाई बताउँदै आउनु परेको बताउँछिन् ।

OM Sai Pathibhara Hospital


उनीहरु करिब ४ बर्ष पहिला प्रेमसम्बन्धमा थिए । रिर्पोटका अनुसार सन् २०१८ मा युवतीले पेट्रोल पम्पमा काम गर्ने क्रममा ती पुरुषलाई भेटेकी थिइन् । तब युवती मात्र १८ बर्षकी थिइन् ।

सुरुमा पुरुषले युवती प्रति कुनै रुचि राखेका थिएनन् । तर, युवतीले फेसबुकमा खोजेर ती पुरुषसँग कुरा गर्न थालेपछि उनीहरु बीच प्रेम भई विवाह भएको थियो ।

उनीहरूको अहिले एउटा १९ महिनाको र अर्को ५ महिनाको गरि दुई सन्तान छन् । युवती अहिले चिकित्सा सहायक अध्ययन गर्दै छिन् ।

सुरुमा एलियालाई मानिसहरूले के भन्लान् भनेर चिन्तित थिए । तर अहिले उनलाई मानिसहरूले के भन्छन् भन्ने वास्ता छैन । उमेरको फरकले फरक नपर्ने उनको भनाइ छ ।

युवती भन्छिन्, ‘उमेर अन्तरालले सम्बन्धमा कुनै फरक पर्दैन ।’ अरुले के भन्छन् भन्ने कुराको म मतलब राख्दिन, समान उमेरका युवकले भन्दा रिकले उनलाई धेरै माया गर्ने र ख्याल राख्ने उनी बताउँछिन् ।