विदेश

    Showing 1,311-1,320 of 1,582 items.
  • राहुल गान्धीसहित भारतीय कांग्रेसको ट्वीटर एकाउन्ट ‘अनलक’

    बिर्तामोड / सामाजिक सञ्जाल ट्वीटरले ६ दिनसम्म लक गरेको भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ ।ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउदै अनलक गरेको छ  । ट्वीटरले कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरेको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या भएकी एक दलित बालिकाको दाहसंस्कारको तस्बिरमा पीडित परिवार सार्वजनिक गरेका थिए । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका हुन् । ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 124 पटक पढिएको
  • टर्कीमा बाढीमा परी २७ को मृत्यु

    काठमाडौँ / टर्कीमा बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरू संसारभरि नै बढेको विज्ञहरूले बताएका छन् । 

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 107 पटक पढिएको
  • अफगानिस्तानमा तालिवानद्वारा थप दुई सहर कब्जा

    काबुल(सिन्ह्वा) अफगानिस्तानमा तालिवान लडाकुको समुहले फेरी ठूला दुइ सहर कब्जा गरका छन् ।एकपछि अर्को शहरहरू कब्जा गरिरहेको तालिवान लडाकुहरूको समूहले शुक्रबार फेरी अर्का ठूला दुइ सहर कान्दहार र लस्कार गाह सहर  पनि कब्जा गरेका हुन् ।  शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् । कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।पछिल्ला दिनहरूमा

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 142 पटक पढिएको
  • पहिरोमा परी १० जनाको मृत्यु, १४ घाइते

    काठमाडौँ / भारतमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा अन्य ६० जना पुरिएको आशङ्का गरिएको छ ।भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)का अनुसार पहिरोमा पुरिएका १४ जना घाइतेलाई उद्धार गरिएको छ । 

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 99 पटक पढिएको
  • भारतीय अभिनेता प्रकाश राज सुटिङको क्रममा लडेर घाइते

    मुम्बई//दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा लडेर घाइते भएका छन् ।उनि लडेर शरीरमा एउटा सानो फ्याक्चर भएको र सर्जरीका लागि आफ्नो डा। गुरुव रेड्डी साथीसँग हैदराबाद गएको साथै उनको  बारेमा चिन्ता लिनुपर्ने कुनै कारण नरहेको उनले  सामाजिक संजालमा आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै बताएका छन्। दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका ५६ वर्षीया प्रकारी काशले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।उनले सबैजसो फिल्ममा भिलेनको भुमिका निभाएका छन् । 

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 132 पटक पढिएको
  • अफगानिस्तानमा हजारौं मानिसहरू विस्तापित , आश्रयका लागि राजधानी काबुलमा

    एजेन्सी  / अफगानिस्तानमा  आन्तरिक विस्थापित भएका ठूलो सङ्ख्यामा  मानिसहरू लडाइ र तालिबानको शासन बाट बच्न राजधानी काबुलतिर लागेका छन्। काबुलमा स्थिति अपेक्षाकृत शान्त छ।मंगलबार, हजारौं मानिसहरू काबुल शहरमा खुला ठाउँमा भेला भएका थिए। अफगानिस्तानको ताखारको उत्तरी प्रान्तबाट भागेका एकजना व्यक्तिले तालिवानले कब्जा गरेको आफ्नो घरबाट कुनै सामान ल्याउन सकेनन ।एउटा कप सम्म पनि साथमा ल्याउन असमर्थ भएका ति व्यक्ति आफ्नो परिवारका सदस्यहरूको ज्यान बचाउन सफल भएकोमा खुसी देखिन्थे।यसैगरी स्थानीय तखारका अर्का व्यक्तिले उनी दुई दिन पहिले काबुल आइपुगेको जानकारी दिए। उनले प्रान्तमा लडाइ जारी रहेको

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 105 पटक पढिएको
  • भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित

    नयाँदिल्ली / भारतमा एकैदिनमा थप ३८ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।पछिल्लो एक दिनमा सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमित मध्ये अहिलेसम्म सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो।भारतमा अहिलेसम्म कूल सङ्क्र

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 135 पटक पढिएको
  • ब्राजिलमा एकै दिन एक हजार दुई सय ११ सङ्क्रमितको मृत्यु

    काठमाडौँ / ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ११ जनाको मृत्यु भएको छ । ब्राजिलमा सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित ब्राजिलमा कोरोनाबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको मन्त्रालयले जनाको छ ।ब्राजिलमा केही महिनाअघि कोरोना सङ्क्रमण दर घटेको भएपनि पछिल्ला केही महिनामा भने संक्रमण दर बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरका

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 120 पटक पढिएको
  • मेस्सी र पीएसजीबीच आज सम्झौता हुँदै

    काठमाडौँ / अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता आजै हुने भएको छ ।फ्रान्सेली वेवसाइट “एल इक्विपेमा” प्रकाशित समाचार अनुसार मेस्सी केही घण्टाभित्रै पेरिस पुग्ने र उनको मेडिकल चेकजाँच हुनेछ । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुनेछ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 116 पटक पढिएको
  • भारतमा सक्रिय सङ्क्रमित दर घट्दै

    काठमाडौँ / भारतमा सोमबार सक्रिय सङ्क्रमितको दर घटेको छ । पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ४ सय २१ कोरोना सङ्क्रमित थपिँदा ४१ हजार ४ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ सय ७६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । सोमबार एकैदिन १४ हजार ४०२ जना सक्रिय सङ्क्रमित कम भएका छन् । हाल भारतमा ३.८२ लाख सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या गत २३ मार्च यता सबैभन्दा कम हो। भारतमा हालसम्म ३.१९ करोड सङ्क्रमित भएका छन् भने संक्रमित मध्ये ३.११ करोड निको पनि भएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म ४.२८ लाखको मृत्यु भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 135 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा