विदेश

    Showing 1,311-1,320 of 2,133 items.
  • भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

    एजेन्सी /  नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको छ । नाइजरको नागरिक सुरक्षा महानिर्देशनालयका अनुसार वर्षाका कारण माटोले बनाइएका घरहरू भत्किँदा उनीहरूको मृत्यु भएको हो ।यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिण्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २,५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए । 

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 216 पटक पढिएको
  • आप्रवासी सवार डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ९४ पुग्यो

    एजेन्सी / सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ९४ पुगेको अधिकारीहरूले बताएका छन् । सिरियाको सरकारी टेलिभिजन च्यानलका अनुसार शनिबार साँझ बान्यास शहर नजिकै धेरै शव निकालिएको थियो । यसअघि सिरियाली टार्टस सहरको बासेल अस्पतालका प्रमुखले अस्पतालमा २० जनाको उपचार भइरहेको र ६ जना डिस्चार्ज भइसकेको बताएका थिए । लेबनानी सेनाले शनिबार भने कि भ्रमणको आयोजना गर्ने व्यक्तिलाई सैनिकहरूले हिरासतमा लिएको थियो । लेबनानी, सिरियाली र प्यालेस्टिनीहरूले रोजगारी र शान्तिको जीवनको लागि लेबनान हुँदै युरोप जाने प्रयास गर्छन् । डुङ्गा डुब्दा कम्तिमा १२० जना सवार थिए भन्ने खब

    • प्रकाशित मितिः असोज ९, २०७९
    • 265 पटक पढिएको
  • आप्रवासी सवार डुङ्गा समुद्रमा डुब्दा ३४ जनाको मृत्यु

    एजेन्सी / लेबनानबाट आप्रवासीहरू ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रवासीहरू नै परेका सिरियाली अधिकारीहरूले जानकारी दिएका छन् ।लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि

    • प्रकाशित मितिः असोज ७, २०७९
    • 277 पटक पढिएको
  • जङ्गलमा दाउरा काट्न गएका ११ जनाको गोली हानेर हत्या

    एजेन्सी / नाइजर र नाइजेरियामा गरी ११ जना किसानको गोली हानेर हत्या भएको छ । नाइजरका ९ जना र नाइजेरियाका २ जना किसानलाई गोली हानेर हत्या गरिएको समाचार संस्था एएफपीले जनाएको छ । हत्या गरिएका सबै ११ जना जङ्गलमा दाउरा काट्न गएका थिए । घटनामा जिहादी लडाकु समूहको संलग्नता रहेको खबरमा उल्लेख छ । घटना क्यामरून, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा क्षेत्रमा भएको हो । जिहादी समूह बोको हराम र यसको प्रतिद्वन्द्वी इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्सले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । गएको अगस्ट अन्त्यमा उनीहरूले स्थानीय बासिन्दालाई टापु छोड्न आदेश दिएका थिए र

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 246 पटक पढिएको
  • अफगानिस्तानको राजधानी काबुलमा विस्फोट हुँदा तीनजनाको मृत्यु

    एजेन्सी / अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा परी  तीनजनाको मृत्यु भएको छ ।  घटनामा परी थप १३ जना मानिस घाइते भएका छन् । काबुल प्रहरी प्रमुखका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विस्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो । विस्फोटनबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ । अहिलेसम्म यो विष्फोटको कुनै पनि सङ्गठनले जिम्मेवारी लिएको छैन ।अफगानिस्तानमा गत वर्षको अगस्टमा तालिवान सत्तामा आएसँगै इस्लामिक स्टेटको क्षेत्रीय संगठन इस्लामिक स्टेट इन खुरासन प्रान्तले देशभरका मस्जिद तथा अल्पसंख्यक माथि आक्रमण बढाएका छन्

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 213 पटक पढिएको
  • उरुग्वेली वर्ष खेलाडी अवार्ड भाल्भेर्डेलाई

    एजेन्सी / स्पेनिस क्लब रियल मेड्रिडका मिडफिल्डर फेडरिको भाल्भेर्डेले उरुग्वेली वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् । उनले उरुग्वेको सबैभन्दा प्रतिष्ठित र ४९ वर्ष पुरानो चाररुआ डे ओरो एथ्लिट अफ दि इयर अवार्ड जितेका हुन् । २४ वर्षीय भाल्भेर्डेले गत सिजनदेखि रियलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । उनकै उच्च प्रदर्शनमा रियलले गत सिजन च्याम्पियन्स लिग र स्पेनिस ला लिगाको उपाधि जित्न सफल भएको थियो ।च्याम्पियन्स लिगको फाइनलमा भोल्भेर्डेकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई कीर्तिमानी १४औं च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए ।यो सिजन पनि भाल्भेर्डेले सबै रियलका लागि यो सिजन स

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 201 पटक पढिएको
  • प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु

    एजेन्सी / प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हेंगाउ मानव अधिकार सङ्गठनका अनुसार महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका हुन् । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ । आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आइआरएनएले सात प्रान्तका धेरै शहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ ।

    • प्रकाशित मितिः असोज ४, २०७९
    • 226 पटक पढिएको
  • अफगानिस्तानमा पब्जी र टिकटक प्रतिबन्ध

    एजेन्सी / तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धी सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । 

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 296 पटक पढिएको
  • चीनमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

    एजेन्सी / दक्षिणपश्चिम चीनमा आइतबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । ग्रामीण गुइझोउ प्रान्तको राजमार्गमा दुर्घटना भएको हो । ४७ जना सबार बस दुर्घटनामा परेको प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा परी घाइते भएका २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज २, २०७९
    • 210 पटक पढिएको
  • हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु

    एजेन्सी / चीनको एक फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको हो । यो महिनाको प्रारम्भमा खानीमा पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानी चिनमा निकै प्रसिद्ध छ । चीनमा बर्सेनि खानी दुर्घटना हुने गरेका

    • प्रकाशित मितिः असोज २, २०७९
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.