एजेन्सी /  नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको छ । नाइजरको नागरिक सुरक्षा महानिर्देशनालयका अनुसार वर्षाका कारण माटोले बनाइएका घरहरू भत्किँदा उनीहरूको मृत्यु भएको हो ।

यसैबीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिण्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २,५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए ।