एजेन्सी / चीनको एक फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढी पस्दा १४ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

यो महिनाको प्रारम्भमा खानीमा पसेको बाढीमा परी उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढी पस्यो भन्ने बारेमा अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जनाएको छ । हेबेइ फलाम र इस्पात खानी चिनमा निकै प्रसिद्ध छ । चीनमा बर्सेनि खानी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा अधिकांश मजदुरले ज्यान गुमाएका छन् ।