एजेन्सी / अफगानिस्तानको राजधानी सहर काबुलमा भएको एक विष्फोटमा परी  तीनजनाको मृत्यु भएको छ ।  घटनामा परी थप १३ जना मानिस घाइते भएका छन् । काबुल प्रहरी प्रमुखका लागि तालिबानले नियुक्त गरेको प्रवक्ता खालिद जादरानका अनुसार यो विस्फोट पश्चिमी देशमाजंग क्षेत्रस्थित एक रेष्टुरेन्टमा भएको हो । विस्फोटनबारे अनुसन्धानको लागि एक टोली उक्त क्षेत्रमा खटाइएको छ । अहिलेसम्म यो विष्फोटको कुनै पनि सङ्गठनले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा गत वर्षको अगस्टमा तालिवान सत्तामा आएसँगै इस्लामिक स्टेटको क्षेत्रीय संगठन इस्लामिक स्टेट इन खुरासन प्रान्तले देशभरका मस्जिद तथा अल्पसंख्यक माथि आक्रमण बढाएका छन् । अफगानिस्तानमा तालिबानको सरकारको लागि आईएससँग लड्नु ठूलो चुनौतीको रुपमा देखिएको छ । तालिबानले पनि आईएसविरुद्धको आक्रमण तीव्र पारेको छ ।