विदेश

    Showing 1,231-1,240 of 2,133 items.
  • मेक्सिकोमा ८० फिट गहिरोको नदीमा बस खस्दा २९ जनाको मृत्यु

    एजेन्सी / मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाएपछि ८० फिट गहिरको नदीमा खसेको थियो । ज्यान गुमाउनेमा १३ महिला र एक बालकसहित २९ जना छन् । यसअघि बुधबार मेक्सिकोको क्वेरेतारो राज्यमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार २१, २०८०
    • 436 पटक पढिएको
  • म्यानमारमा हवाई आक्रमण हुँदा १० जनाको मृत्यु , आठ घाइते

    एजेन्सी / म्यानमारमा भएको हवाई आक्रमणमा १० जना को मृत्यु भएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् ।आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै

    • प्रकाशित मितिः असार १४, २०८०
    • 413 पटक पढिएको
  • युक्रेनमा रुसी मिसाइल प्रहार हुँदा एक बालकसहित ४ जनाको मृत्यु

    एजेन्सी / पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा मंगलबार साँझ एकजना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो । हामी अहिले शहरमा घाइते र मृतकको संख्या निर्धारण गर्न काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए, उनले भनेका छन् ।अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ ।युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्

    • प्रकाशित मितिः असार १३, २०८०
    • 376 पटक पढिएको
  • रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट हुदाँ ३१ जनाको मृत्यु

    एजेन्सी / चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा यसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 391 पटक पढिएको
  • कारागारमा हिंसा भड्किँदा ४१ जनाको मृत्यु

     एजेन्सी / होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले कारागारमा आगजनी गरेको अधिकारीहरुलाई उदृत गर्दैै बबिसीले जनाएको छ । घटनामा अधिकांशको जलेर मृत्यु भएको छ भने केहीको गोली लागेर मृत्यु भएको हो । घटनालगत्तै देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ । उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाइने जनाइएको छ । घाइते भएका अन्य केही कैदीहरूलाई अस्पताल भर्ना गरिएको छ । सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा क

    • प्रकाशित मितिः असार ६, २०८०
    • 358 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज उच्चस्तरीय भेटवार्ता

    एजेन्शी    ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा दुईपक्षीय भेटवार्ता हुनेछ ।प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा वार्ता हुनेछ । त्यसपछि सम्झौतापत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने छ भने दुवै प्रधानन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।प्रधानमन्त्रीले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 435 पटक पढिएको
  • सबैभन्दा खराब परिस्थितिका लागि तयार रहनू ; राष्ट्रिय सुरक्षा अधिकारीलाई सीको निर्देशन

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका राष्ट्रिय सुरक्षा अधिकारीहरुलाई सबैभन्दा खराब परिस्थितिको सामनाका लागि तयार रहन निर्देशन दिएका छन् ।अमेरिकासँग टक्कर बढिरहेका बेला सीले आफ्ना सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।मंगलबार कम्युनिस्ट पार्टीको राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सीले भने, ‘हामीले अहिले सामना गरिरहेको राष्ट्रिय सुरक्षा मामिलाको जटिलता र कठिनाइ निकै बढेको छ ।’उनले तेज हावा, कठोर लहर अनि खतरनाक तुफानी समुद्रको परीक्षण सामना गर्न आफु्रहरु तयार हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 384 पटक पढिएको
  • भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा

    एजेन्सी । मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ ।हिंसात्मक प्रदर्शन बढ्दै गएपछि मणिपुर सरकारले मे ३ देखि आजसम्मका लागि इन्टरनेट सेवामा प्रतिबन्ध लग

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 345 पटक पढिएको
  • अफ्रिकी राष्ट्रचाडमा गाउँले र डाकुबीच भिडन्त १८ जनाको मृत्यु

    रासस  ।  मध्यअफ्रिकी राष्ट्र चाडमा सशस्त्र डाकुहरूले लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र ६ जना डाकुको मृत्यु भएको छ । स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण यस क्षेत्रको उप–प्रिफेक्चर लारामनायेमा अवस्थित मकाते गाउँमा भएको हो । लारामनायेका उप–प्रदेश प्रमुख डिजिमेट ब्लामा सुकले जनाएअनुसार नौ जना मृतकको पहिचान भएको छ । त्यसैगरी, सुरक्षा बलले आठ आक्रमणकारीलाई पक्रन सफल भएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमाना छ । राष्ट्रव

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 265 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा थाइल्याण्डको संसद विघटन, छिट्टै निर्वाचनको घोषणा गरिने

    एजेन्सी - थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ । प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गर्नुभएको उच्च सरकारी स्रोतले जनाएको छ । निर्बाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन लागेको हो । संसद विघटन र निर्वाचनको मिति घोषणाको तयारीबारे थाइल्याण्डको राजपत्रमा प्रकाशित सूचनामा सोमबार उल्लेख गरिएको छ ।सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्बासनपछि स्वदेशमा फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरी विरुद्ध प्रतिस्पर्धा गर्नुहुनेछ ।पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 189 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.