एजेन्सी / होन्डुरसको एक महिला कारागारमा दंगा भड्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । प्रतिद्वन्द्वी गिरोहबीच झगडा भएपछि एउटा गिरोहले कारागारमा आगजनी गरेको अधिकारीहरुलाई उदृत गर्दैै बबिसीले जनाएको छ । घटनामा अधिकांशको जलेर मृत्यु भएको छ भने केहीको गोली लागेर मृत्यु भएको हो । घटनालगत्तै देशका उप–सुरक्षा मन्त्री जुलिसा भिल्लानुएभाले आपतकालिन अवस्थाको घोषणा गर्नुभएको छ । 

उनले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाइने जनाइएको छ । घाइते भएका अन्य केही कैदीहरूलाई अस्पताल भर्ना गरिएको छ । सन् २०१९ मा उत्तरी बन्दरगाह सहर तेलाको एउटा जेलमा भएको सामूहिक हिंसामा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।