रासस  ।  मध्यअफ्रिकी राष्ट्र चाडमा सशस्त्र डाकुहरूले लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र ६ जना डाकुको मृत्यु भएको छ । 

स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण यस क्षेत्रको उप–प्रिफेक्चर लारामनायेमा अवस्थित मकाते गाउँमा भएको हो । लारामनायेका उप–प्रदेश प्रमुख डिजिमेट ब्लामा सुकले जनाएअनुसार नौ जना मृतकको पहिचान भएको छ । त्यसैगरी, सुरक्षा बलले आठ आक्रमणकारीलाई पक्रन सफल भएको छ । 

OM Sai Pathibhara Hospital

यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमाना छ । राष्ट्रव्यापी भ्रमणमा रहेका चाडियन सङ्क्रमणकालीन राष्ट्रपति इद्रिस डेबी इत्नोले यो खबरले आफू दुखी भएको बताएका छन् । 

देशको मसेन्या इलाकामा आयोजित र्‍यालीमा भिडलाई सम्बोधन गर्दै इट्नोले भनेका छन्, ‘म पीडितका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु र सुरक्षा बलहरूलाई पनि बधाई दिन चाहन्छु, जसले यी डाकुहरूलाई सीमा पार गर्नुअघि पक्राउ गर्न सफल भयो ।