एजेन्सी / चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरूको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा यसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।