काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ राजनीतिक शक्ति कक्रोच जनता पार्टी (सिजेपी) ले आयोजना गरेको ‘चलो संसद’ प्रदर्शनले सोमबार संसद क्षेत्र तनावग्रस्त बनेको छ। संसद भवनतर्फ हजारौं प्रदर्शनकारी अघि बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।जन्तरमन्तरबाट सुरु भएको मार्च संसद भवन नजिक पुग्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही प्रदर्शनकारीले ब्यारिकेड हटाएर अगाडि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको बताइएको छ।यता, संसदको मनसुन अधिवेशन चलिरहेका बेला बाहिरको आन्दोलनले राजनीतिक माहोल थप तातिएको छ। सुरक्षा संवेदनशीलता ब
काठमाडौं / फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ फिफाका लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो । फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा टिकट कारोबारबाट आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो । सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेको छ । यो कीर्तिमानी आम्दा
काठमाडौं / फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ एएफएले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ । अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसको निर्णायक गोलसँगै लगातार उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गर्यो । यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।हारपछि सामाजिक सञ्जाल एक्समार्फत एएफएले मेस्सीप्रति कृतज्ञता
काठमाडौं— स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको हो ।खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए । २०१० पछि स्पेनले पहिलो पटक यो ऐतिहासिक सफलता हात पारेको हो ।सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्यो ।
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो संयुक्त हवाई आक्रमण गरेको छ। रातभर चलेको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ूकिभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एकू भन्दै रुसले मिसाइल र ड्रोनको व्यापक प्रयोग गरेको बताएका छन्। युक्रेनी वायुसेनाका अनुसार आक्रमणमा इस्कान्देर र हाइपरसोनिक जिर्कोन मिसाइलसहित १२५ ड्रोन प्रयोग गरिएको थियो। युक्रेनले ४१ मध्ये १८ मिसाइल र १०८ ड्रोन खसालेको दाबी गरेको छ।आक्रमणका कारण आवासीय भवन, सुपरमार्केट, छात्रावास र गोदामहरूमा ठूलो क्षति पुगेको छ भने
काठमाडौं / फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन् । साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक मार्टिनेजले सामाजिक सञ्जाल ‘एक्स’ मा अर्जेन्टिना टोलीको तस्बिर सार्वजनिक गर्दै टोलीभित्रको बलियो सम्बन्ध र एकताप्रति गर्व व्यक्त गरेका हुन् ।उनले लेखेका छन,‘यो उत्कृष्ट समूह हो । मानवीय पक्षलाई शब्दमा वर्णन गर्न सकिँदैन । सबै जना, साँच्चै सबै जना, यो राष्ट्रिय टोलीका लागि हरेक सानो कुरामा पनि अगाडि
काठमाडौं / फिफा विश्वकप फाइनलअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अर्जेन्टिना टोलीलाई शुभकामना दिँदै आफ्नो समर्थन रहेको बताएका छन्।इजरायलका लागि अर्जेन्टिनाका राजदूत तथा रब्बी शिमोन एक्सेल वाहनिशसँगको भेटमा नेतन्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको शुभकामना सन्देश प्राप्त गरेका थिए। त्यसको प्रत्युत्तरमा उनले मिलेईलाई आफ्नो ‘सच्चा मित्र’ भन्दै अर्जेन्टिना र त्यसका जनताप्रति समर्थन व्यक्त गरेका हुन्।राजदूत वाहनिशका अनुसार नेतन्याहुले भने, “हाभियर, तपाईं मेरो सच्चा मित्र हुनुहुन्छ। हामी अर्जेन्टिनालाई समर्थन गर्छौं, भोलिको विश्वकप फाइनलमा पनि शुभकामना छ।”आइतबार हुने स्प
काठमाडौं / स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् ।आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा डे ला फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । स्पेनका प्रशिक्षकले आफूले पहिलो पटक युवा अवस्थामा खेलिरहेका मेस्सीलाई देखेको स्मरण गरे । उनले वर्षौंअघिको कोपा डेल रे प्रतियोगितामा सेभिया र बार्सिलोनाबीचको खेलमा मेस्सीलाई रोक्न आफ्नो टोलीले विशेष योज
काठमाडौं— जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन् । उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन हाबी हुने विश्वास व्यक्त गरेका हुन् ।स्पेनिस सञ्चारमाध्यम मार्काले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ का विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र समग्र टोलीगत सन्तुलनका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली उपाधिको बलियो दाबेदार रहेको बताएका छन् ।रियल म्याड्रिडमा एक दशक बिताएका क्रुस स्पेनिस फुटबल र वर्तमान टोलीका धेरै ख
काठमाडौं— अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो । त्यही मैदानमा उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।त्यतिबेला मेस्सी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.