विदेश

    Showing 111-120 of 1,578 items.
  • छोरीलाई जबरजस्ती यौन कार्यमा लगाउने आमा पक्राउ

    काठमाडौं— जापानको टोकियोस्थित मसाज पार्लरमा १२ वर्षीया छोरीलाई जबरजस्ती यौन कार्यमा लगाएकी थाई आमालाई ताइवानमा पक्राउ गरिएको छ। ताइवानका अध्यागमन अधिकारीहरूका अनुसार सेप्टेम्बरमा ताइवान पुगेकी आमा बसाइ अवधि नाघेर बसेकी थिइन्। स्थानीय प्रहरीले उनलाई ताइवानमा वेश्यावृत्तिसँग जोडिएको छुट्टै मुद्दामा हिरासतमा लिएर अध्यागमन विभागलाई बुझाएको छ।अधिकारीहरूले आमालाई देश निकाला गर्ने योजना बनाएका छन्। तर थाइल्याण्ड वा जापान पठाउने निर्णय भएको छैन, किनकि जापानमा बालिकाको मुद्दाको अनुसन्धान भइरहेको छ। थाइल्याण्ड र ताइवानका अधिकारीहरूले आमालाई थाइल्याण्ड पठाउन समन्वय गरिरहेका छन्। शुक्रबार थाइल्य

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 480 पटक पढिएको
  • मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौं— म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा च

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 394 पटक पढिएको
  • विश्वभर फैलिँदै चिनियाँ ई–ट्रकको प्रभाव

    काठमाडौं—  विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् ।अर्जेन्टिनाका एक खरीदकर्ताले यूरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् ।चीनका प्रमुख भारी ट्रक उत्पादक कम्पनी सानी ट्रकका अनुसार यस वर्ष अन्तर्राष्ट्रिय बि

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 391 पटक पढिएको
  • ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

    एजेन्सी— दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ ।आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै  सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको  स्थानीय उद्धार एजेन्सीले जनाएको छ  ।  पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिट

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 415 पटक पढिएको
  • मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

    काठमाडौं— अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 435 पटक पढिएको
  • बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने

    रौतहट— भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो ।भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द हुनेछ । &

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • 422 पटक पढिएको
  • नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य आवश्यकः चेम्बर अध्यक्ष अग्रवाल

    काठमाडौं— नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्याप

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 447 पटक पढिएको
  • विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

    काठमाडौं— भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र श

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 387 पटक पढिएको
  • राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन

    काठमाडौं— कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन गएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार त्यहाँस्थित कÞतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई संग्राहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँको बारेमा अवगत गराएका हुन् । राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुगेका छन् ।  कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतार पु

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 170 पटक पढिएको
  • नेपाल–भारत सहसचिव स्तरिय संयुक्त प्राविधिक टोलीको बैठकः प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदानमा सहमति

    काठमाडौं— पोखरामा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् ।नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो ।बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ । विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • 395 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा