बिर्तामोड / नेपालमा अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचनका प्रत्यासी उम्मेदवार तथा तिनका समर्थकहरू आफ्ना एजेन्डा लिएर प्रचारप्रसारमा व्यस्त छन् । जसरी पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने उनीहरूको रणनीति छ । तर, मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माको दैनिकी भने फरक छ । चुनावी प्रचारप्रसारलाई थाती राखेर उनी गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लागेका छन् । डा शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डागीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाएका छन् । आन्द्राको जटिल सम
झापा / बुधबार छुटेका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ आज पनि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाएको हो ।आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुईपटक पहिलो चर
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भए पछि अस्पतालमा भर्ना भएका छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल उपचार भइरहेको उनका प्रमुख सचिव अमित शर्माले जानकारी दिए ।गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।
काठमाडौँ / सरकारले आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।बालबालिकालाई स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा थप एक हजार १११ जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको संख्या ४० हजार २९ पुगेको हो । डेंगु सङ्क्रमणबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ । विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । मन्त्रालयले डेँगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।
काठमाडौं / नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भएको १ हजार १६२ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस अवधिमा ७ जना संक्रमणमुक्त हुँदा १९ हजार २४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । देशभर ६८८ जना सक्रिय संक्रमित हुँदा पछिल्लो २४ घण्टा कसैको पनि मृत्यु भएको छैन ।
झापा / चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नौजनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूमध्ये तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका -१३ का धनबहादुर बिक, जीवन सुनार र विकास बहादुर दमाइ रहेका छन् । अस्पतालका तर्फबाट उनीहरूसहित नौजनाविरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उनले बताए । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीविरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिए । स्वास्थ्यकर्मी
काठमाडौं / पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५३५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ९ सय ४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३० जना र १ हजार ५९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ५१ हजार ७९७ पुगेको छ ।यो सँगै नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या १ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ४ जना क
एजेन्सी / भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड ४५ लाख ४९ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४ हजार ८५८ नयाँ कोरोना संक्रमित थपिएसँगै सङ्क्रमितको संख्या यति पुगेको हो । जसमध्ये सक्रिय सङ्क्रमितको संख्या ४८ हजार २७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ।योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ। पछिल्लो
काठमाडौं / विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले संयुक्त रुपमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख, प्रहरी नायब महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ब्रेथलाइजर हस्तान्तरण गरेका हुन् ।दशै तिहार छठ लगायतका ठूला पर्वहरूमा मादक पद
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.