काठमाडौं–काठमाडौं उपत्यकाभित्र हैजाका बिरामी भेटिन थालेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका चार जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यसबारे जानकारी गराएको हो । हैजा पुष्टि हुनेहरू ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् ।

उनीहरूमध्य दुई जना उपचारका क्रममा भागेका छन् । उनीहरूको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एक्कासी झाडापखाला देखिएपछि परीक्षण गराउँदा हैजा पुष्टि भएको हो । बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर वा फिल्टर गरेर पिउन विज्ञको सुझाव छ ।