काठमाडौं–राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । केही दिन अघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट २,०६१ जना संक्रमित भएका छन् । 

OM Sai Pathibhara Hospital

आर्थिक वर्ष २०६०/६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा, २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ। डेंगीका कारण गत वर्ष २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा यो महामारीका रूपमा फैलिएको थियो । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यो वर्ष पनि डेंगी उच्च दरमा फैलिन सक्ने जोखिम रहेको बताए ।