काठमाडौं–विशेष पोलियो खोप अभियान अन्तर्गत ९० प्रतिशत बालबालिकाले पोलियोविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. अभियान गौतमले बुधबारदेखि सुरु भएको विशेष पोलियो खोप अभियानमा ९० प्रतिशतले खोप लगाएको जानकारी गराए ।

OM Sai Pathibhara Hospital

उनका अनुसार काठमाडौंमा ८९ प्रतिशत, ललितपुरमा ९८ प्रतिशत र भक्तपुरमा ८८ प्रतिशतले खोप लगाएका छन् । डा. गौतमले उपत्यकाका दुई लाख ८० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार एक लाख ८७ हजार १२८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा एक लाख ६६ हजार ४२ जनाले लगाए ।

शनिबारसम्म घर घरमा गएर खोप लगाएपनि खोप दिन छुटेका बालबालिकालाई आजदेखि मङ्गलबारसम्म अस्पताल र खोप केन्द्रमा पोलियो विरुद्धको खोप दिइनेछ ।