स्वास्थ्य

    Showing 461-470 of 2,504 items.
  • निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

    गण्डकी। हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोेखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।दृष्टि विशेषज्ञ डा प्रिन्सा बास्तोला, नेत्र सहायक प्रसिद्धी शाही र स्नेहा पुरीले सेवाग्राहीको आँखा परीक्षण गरेका थिए । सो क्रममा ३५ जनामा मोतियाविन्दुको समस्या देखिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । मोतियाविन्दु देखिएका बिरामीको अस्पतालको समवन्यमा उपचार गरिने जनाइएको छ ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सामाजिक सङ्घसंस्थाले जनताका प्रत्यक्ष सरोकारका विषयमा काम गर्नुपर्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 480 पटक पढिएको
  • हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा

    सिमकोट। कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको  छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ  स्वास्थ्य सेवा प्रदान  गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताउनुभयो ।खार्पुनाथ गाउँपालिकामा डा डिजेल यादव, सर्केगाडमा डा ईश्वरी पौडेल र अदानचुलीमा डा गणेश जैसीले सेवा प्रदान गर्नुहुने छ ।  यहाँका स्थानीय तहमा चिकित्सकको अभाव भइरहेकाले प्रदेश सरकारले स्वास्थ्य सेवा सहज बनाउने लक्ष्यअनुसार यो

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 266 पटक पढिएको
  • पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा कमजोर खाद्य स्वच्छता

    काठमाडौं— पद्मकन्या कलेजको क्यान्टिन र छात्राबासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर रहेको पाइएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए । कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ । अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजुलीले भने, ‘बागेश्वरी चमेनागृहका नामबाट सञ्चालित यस ठाउँमा सरसफाइको अवस्था सामान्य देखियो । जालीदार टोपी (हेयर नेट), पञ्जा, एप्रोनको उचित प्रयोग पाइएन । तयारी खाद्य पदार्थ नछोपी राख्ने गरे

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 390 पटक पढिएको
  • कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

    कर्णाल। कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आज छलफल भएको छ ।  सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताउनुभयो ।सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अ

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 323 पटक पढिएको
  • बालबालिकामा कुपोषण दर उच्च

    कञ्चनपु। भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको  तौल ६ किलो ४०० ग्राममात्र थियो । उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपथ्र्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना कक्षमा भर्ना हुन लगाउनुभयो । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाउनुभयो ।अहिले उहाँ दुई साताअघिदेखि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा छोराको उपचार गरा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 563 पटक पढिएको
  • जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छः यादव सिंह

    काठमाडौं— जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबार देखि काठमाडौं को माइतीघरमा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर,  आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुरका यादव सिंह आमरण अनसनमा बसेको हुन् । आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए ।  उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर  मार्ने जो कोही भएता

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 511 पटक पढिएको
  • आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

    काठमाडौं— आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । यसवर्षको मधुमेह दिवसको नारा मधुमेह र कल्याण -Diabetes and Well–being_हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो। सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थिय

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 238 पटक पढिएको
  • विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

    काठमाडौ। विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न  देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य होसंयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने  १९८० मा  १० यो समस्याबाट पीडित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरि

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 447 पटक पढिएको
  • बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम

    हेटौंडा— मकवानपुर जिल्लास्तरीय वार्षिक स्वास्थ्य सेवा समीक्षा कार्यक्रममा बागमती गाउँपालिका पुनः जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो गाउँपालिका घोषित भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम, सूचक र कार्यसम्पादनको आधारमा गरिएको मूल्यांकनमा बागमती गाउँपालिकाले ८२.३० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । यसअघि पनि बागमती गाउँपालिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै गएको थियो। गत आर्थिक वर्ष २०८०/०८१ मा समेत बागमतीले जिल्लामै पहिलो स्थान प्राप्त गरेको थियो।स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 494 पटक पढिएको
  • वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण

    काठमाडौ। वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा  श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिनुभयो । उहाँले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताउनुभयो । “पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्द

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.