गण्डकी / गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिए ।मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना परीक्षण गरेर मात्र बैठक चलाउन माग गरेसँगै सत्तापक्षीय सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गतको बैठकको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।बैठक अवरुद्ध भएपछि बसेको कार्
काठमाडौँ(एजेन्सी) ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो । योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रा
काठमाडौँ(एजेन्सी) बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । उनले बुधबार भनेका छन् बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर
काठमाडौं / पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार काठमाडौंका ४९ वर्षीय र ५३ वर्षीय पुरुष, चितवनका ७१ वर्षीय पुरुष र नुवाकोटका ७७ वर्षीया महिलाको मृत्यु भएको हो । ७७ बर्षीया महिला स्वासप्रश्वासमा समस्या भएको कारण बैशाख १ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई अन्य रोग थिएन ।काठमाडौँका ५३ बर्षीय पुरुष मुटुको समस्याका कारण बैशाख ११ गते अस्पताल भर्ना भएका थिए । उनलाई बैशाख १० गते नै कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा १४ गते मृत्यु भएको ह
पर्सा/ वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्द
बिर्तामोड / कोरोना महामारी नियन्त्रणका लागि भन्दै स्थानिय प्रशासनले पुर्वी नाकाबाट नेपाल प्रवेशमा पीसीआर रिर्पोट अनिवार्य गरेपछि सिमा क्षेत्रमा नक्कली रिर्पोटको खुला रुपमा किनबेच सुरु भएको छ ।भारतमा कोरोना महामारी नियन्त्रणमा सरकार असफल बनेपछि डराएका भारतीय नागरीकहरु स्वास्थ्य सुरक्षाका लागि नेपाल आउन थालेको सुचना पछी गुप्तचर खबरको न्युज टिमले गरेको स्थलगत अध्यनमा सिमा क्षेत्रमा खुला रुपमा पीसीआर रिर्पोट किनबेच हुने गरेको पाईएको हो । नेपाल प्रवेश गरिरहेका भारतीयहरुले भारतको पानीट्याङ्की र सिलीगुडी क्षेत्रका सडकमा खटिएका बिचौलियासँग नक्कली पीसीआर रिर्पोट खरिद गरी सिमा नाकामा सोही रिर्पोट द
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राच
बिर्तामोड / स्वास्थ्य मापदण्डको आफैं उलंघन गरेर गतिविधि गरीरहेको सरकार अन्तिम समयमा आएर निषेधाज्ञाको तयारीमा जुटेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन विपरीत गतिविधी गरिरहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको नै सामाजिक संजालमा आलोचना हुन थालेपछि अन्तिम समयमा आएर सरकार निषेधाज्ञाको तयारीमा जुटेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लामा ५ सय संक्रमित भए निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेसँगै काठमाडौं लगायत ९ जिल्लामा निषेधाज्ञा जारी हुने भएको हो । काठमाडौं सहितका जिल्लामा संक्रमतिको संख्या ५ सय नाघिसकेको छ । अहिलेसम
बिर्तामोड / नेपालमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको हो ।देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय ९२ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा गरिएको कूल परीक्षण र संक्रमण संख्याको अनुपात हेर्दा १०० जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पाईएको छ ।संक्रमणसँगै मृत्युदर पनि वढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । क
बिर्तामोड / नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उनका अनुसार काठमाडौंमा सबैभन्दा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.