बिर्तामोड / स्वास्थ्य मापदण्डको आफैं उलंघन गरेर गतिविधि गरीरहेको सरकार अन्तिम समयमा आएर निषेधाज्ञाको तयारीमा जुटेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन विपरीत गतिविधी गरिरहेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको नै सामाजिक संजालमा आलोचना हुन थालेपछि अन्तिम समयमा आएर सरकार निषेधाज्ञाको तयारीमा जुटेको हो । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्रले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लामा ५ सय संक्रमित भए निषेधाज्ञा जारी गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेसँगै काठमाडौं लगायत ९ जिल्लामा निषेधाज्ञा जारी हुने भएको हो । 

OM Sai Pathibhara Hospital

काठमाडौं सहितका जिल्लामा संक्रमतिको संख्या ५ सय नाघिसकेको छ । अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।