काठमाडौँ(एजेन्सी) बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् । 

उनले बुधबार भनेका छन् बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।  रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ । 

OM Sai Pathibhara Hospital

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।