बिर्तामोड / कोरोना महामारी नियन्त्रणका लागि भन्दै स्थानिय प्रशासनले पुर्वी नाकाबाट नेपाल प्रवेशमा पीसीआर रिर्पोट अनिवार्य गरेपछि सिमा क्षेत्रमा नक्कली रिर्पोटको खुला रुपमा किनबेच सुरु भएको छ ।

भारतमा कोरोना महामारी नियन्त्रणमा सरकार असफल बनेपछि डराएका भारतीय नागरीकहरु स्वास्थ्य सुरक्षाका लागि नेपाल आउन थालेको सुचना पछी गुप्तचर खबरको न्युज टिमले गरेको स्थलगत अध्यनमा सिमा क्षेत्रमा खुला रुपमा पीसीआर रिर्पोट किनबेच हुने गरेको पाईएको हो । 

OM Sai Pathibhara Hospital

नेपाल प्रवेश गरिरहेका भारतीयहरुले भारतको पानीट्याङ्की र सिलीगुडी क्षेत्रका सडकमा खटिएका बिचौलियासँग नक्कली पीसीआर रिर्पोट खरिद गरी सिमा नाकामा सोही रिर्पोट देखाएर नेपाल आउने गरेको पाईएको हो । 

केहि दिन यता त्यसरी सुरु भएको नक्कली पीसीआर रिर्पोटकै भरमा पुर्वी नाकाबाट हजारौं भारतीय नेपाल प्रवेश गरीसकेको पाईएको छ । बिचौलियाले भारतीय रुपैंया २०० देखि ५०० रुपैंया सम्म लिएर नेपाल प्रवेश गर्ने हरुलाई विना परिक्षण पीसीआर रिर्पोट बनाईदिने गरेको पाईएको छ । 

त्यसरी नक्कली पीसीआर रिर्पोटको किनबेच हुने गरेको पाईएपछि गुप्तचर खबरकै एक सहकर्मी जो भारत गएका छैनन् अनि उनी भारतीय नागरीक समेत हैनन् ृउनी समेत आफ्नै नाममा नक्कली रिर्पोट खरिद गर्न सफल बनेका छन् । 

विना स्थास्थ्य परिक्षण गुप्तचर खबरले भारतीय रुपैंया २०० मा पानी ट्याङ्की क्षेत्रबाट खरिद गरेको पीसीआर रिर्पोट भारतको कोलकोता स्थित सुरक्षा डाईगोनोष्टिक प्रा.लि.को नाममा बनाएको पाईएको छ । रिर्पोटमा सो प्रा.लि.को ठेगाना न्यू टाउन कोलकोता ७००१५६ उल्लेख छ । जसमा सर्टिफाईट संस्थाको नाम कलेज अफ अमेरिकन प्याथोलोजि लेखिएको छ ।