बिर्तामोड / नेपालमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा  ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय ९२ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा गरिएको कूल परीक्षण र संक्रमण संख्याको अनुपात हेर्दा १०० जनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पाईएको छ ।

OM Sai Pathibhara Hospital

संक्रमणसँगै मृत्युदर पनि वढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएयता आइतबार पुष्टि भएको मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो ।