स्वास्थ्य

    Showing 2,171-2,180 of 2,453 items.
  • स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

    काठमाडौँ / नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आह्वान अनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस)हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् । जर्मन­नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्र्तगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पिसिआर पर

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 139 पटक पढिएको
  • पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

    पर्सा / यहाँ आज एकै दिन १ सय ५६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २ सय ८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बताए । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 116 पटक पढिएको
  • लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

    बुटवल / लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका–१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका–६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 129 पटक पढिएको
  • कोरोना सङ्क्रमणबाट एकै घरका तीनको मृत्यु

    बलेवा / बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।एक हप्ताअघि

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 125 पटक पढिएको
  • आजदेखि संसद्मा दोस्रो चरणको खोप

    काठमाडौं  / दोस्रो चरणको कोरोनाविरुद्धको खोप संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आज (शुक्रबार)देखि लगाइने भएको छ । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरिएको हो ।पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।शुक्रबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 122 पटक पढिएको
  • अग्रवालद्धारा आवस्यक अक्सिजन आपुर्तिको जिम्मा लिने घोषणा

    बिर्तामोड / देशभर अक्सिजनको चरम अभाव भईरहेको र अक्सिजन नपाउँदा कोरोना संक्रमितले मृत्युवरण गर्नु परिरहेका बेला शंकर ग्याँस उध्योगका संचालक शंकर अग्रवालले सरकारले आफुलाई ५ वटा ट्याङकर उपलब्ध गराए देशभर आवस्यक अक्सिजनको आपुर्तिको जिम्मा आफुले लिने घोषणा गरेका छन् । उनले अक्सिजन अभाव सुरु भएपछि आफुले थप ट्याङकर ल्याउन कोशिस गरिरहेको भएपनि ल्याउन नसकेको जानकारी गराउँदै थप ५ वटा ट्याङकर सरकार ल्याईदिए ट्याङकरको पैसा पनि आफुले तिर्ने र देशभरको आवस्यक अक्सिजन पुर्ति गर्ने जिम्मा पनि आफुले लिने घोषणा गरेका हुन् । उनले राजधानीबाट संचालित एक अनलाईन पत्रिकासँगको कुराकानीको क्रममा त्यस्तो घोषणा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 338 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १ हजार ३९ संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्वुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९–९, इलाममा ५, पाँचथरमा ३, ते¥हथुममा २, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १३० महिला र १६६ पुरुष सहित २९६, सुन्दरहरैचामा ३०, बेलबारीमा २९, उर्लाबारीमा १३, रतुवामाईमा ९, कटहरीमा ७, सुनबर्षीमा ४, केराबारी र जहदामा ३–३, पथरीशनिश्चरे, कानेपोखरी, रंगेली र धनपालथानमा २–२, ग्रामथान, बुढीगंगा

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 399 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ८ हज्जार ९ सय ६० जनामा संक्रमण पुष्टि, दुई सय १४ को मृत्यु

    बिर्तामोड / नेपालमा देशभर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ६०  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ४ सय ७४ जनाको पीसीआर विधि र ७७१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जना संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा २ सय १४ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ। नयाँ संक्रमित थप भएसँगै  एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन्। ४९७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।आज देशभर पाँच  हजार ५५ जना व्यक्ति निको भएका छन्। 

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 343 पटक पढिएको
  • होम आइसोलेशनका सङ्क्रमित बढी ‘हवाई लिफ्ट’

    काठमाडौँ / कोभिड सङ्क्रमित भएर होमआइसोलेशनमा बस्नेहरुले स्वास्थ्यावस्थामा  गम्भीर ध्यानदिन आवश्यक छ । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनका अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिनु पर्दछ ।  पछिल्लो समय ‘हवाई बेड लिफ्ट’ भई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  पु¥याइएका अधिकाशं बिरामी होइआइसोलेशनमा नै बसेका  छन् । काठमाडौँँ लगायत प्रमुख शहरका सरकारी तथा निजी अस्पतालमा  भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल  सङ्क्रमित धमाधम बिएण्डसीमा ‘हवाई लिफ्ट’ भैराखेका हुन् । 

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 395 पटक पढिएको
  • रिपोर्ट आइसक्दा वृद्धको मृत्यु

    बलेवा / आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिर

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.