बिर्तामोड / देशभर अक्सिजनको चरम अभाव भईरहेको र अक्सिजन नपाउँदा कोरोना संक्रमितले मृत्युवरण गर्नु परिरहेका बेला शंकर ग्याँस उध्योगका संचालक शंकर अग्रवालले सरकारले आफुलाई ५ वटा ट्याङकर उपलब्ध गराए देशभर आवस्यक अक्सिजनको आपुर्तिको जिम्मा आफुले लिने घोषणा गरेका छन् । 

उनले अक्सिजन अभाव सुरु भएपछि आफुले थप ट्याङकर ल्याउन कोशिस गरिरहेको भएपनि ल्याउन नसकेको जानकारी गराउँदै थप ५ वटा ट्याङकर सरकार ल्याईदिए ट्याङकरको पैसा पनि आफुले तिर्ने र देशभरको आवस्यक अक्सिजन पुर्ति गर्ने जिम्मा पनि आफुले लिने घोषणा गरेका हुन् । उनले राजधानीबाट संचालित एक अनलाईन पत्रिकासँगको कुराकानीको क्रममा त्यस्तो घोषणा गरेका हुन् । 

OM Sai Pathibhara Hospital

आफुसँग हाल दुईवटा ट्याङकर रहेको जानकारी गराउँदै उनले थप ५ वटा ल्याउन चिनिया दुतावास सहित सरकारका मन्त्री र अधिकारीहरुसँग कुरा गरेको तर कुनै जवाफ नपाएको समेत जानकारी गराएका छन् । कुराकानीका क्रमममा उनले भनेका छन् – अहिले अक्सिजन सिलिण्डरको अभाव हैन , लिक्विड अक्सिजनको अभाव छ । मलाई लिक्विड अक्सिजन बोक्ने थप ५ वटा ट्याङकर खरिद गरेर ल्याउन सकिने वातावरण वनाईदिए आवस्यक अक्सिजनको जिम्मा म लिन्छु ।

एउटा ट्याङकर १५ सय सिलिण्डर भर्न मिल्छ , थप ५ वटा ट्याङकर भए शंकर अक्सिजन उध्योग एक्लैको क्षमता दैनिक १० हजार सिलिण्डर हुनेछ । देशमा रहेका अन्य उध्योग र अस्पताल समेतको उत्पाद जोड्ने हो भने हाल आवस्यक भन्दा बढी अक्सिजनको व्यवस्था हुन जान्छ ।