शिक्षा

    Showing 81-90 of 1,009 items.
  • जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ताइवानबीच सहकार्य सम्झौता

    काठमाडौं । जोय फाउन्डेसन नेपाल र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३४७० ताइवानबीच सामाजिक तथा मानवीय क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित सम्झौता भएको छ ।सोमबार ठमेलमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको हो । जोय फाउन्डेसन नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले संस्थाले विगत करिब तीन दशकदेखि स्वास्थ्य र शिक्षाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी दिए । उनले समाजका पिछडिएका, असहाय तथा निमुखा समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए ।श्रेष्ठका अनुसार फाउन्डेसनले तिलगंगा आँखा अस्पतालसँगको सहका

    • प्रकाशित मितिः असार ९, २०८३
    • 232 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ ।  यसैगरी, शिक्षक सेवा आयोग लगायत का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।  

    • प्रकाशित मितिः असार ९, २०८३
    • 177 पटक पढिएको
  • मन्थली नगरपालिकाको बजेट १ अर्ब ३ करोड २० लाख

    रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख बस्नेतले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै चालु आवका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 249 पटक पढिएको
  • अत्याधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय बन्द

    कञ्चनपुर। अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तहहरूले विद्यालयमा बिदा दिएका छन्।बेदकोट नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताएका छन् । यस्तै भीमदत्त नगरपालिका ले पनि गर्मी र वर्षे बिदा समायोजन गर्दै असार ८ देखि १९ गतेसम्म विद्यालयमा बिदा घोषणा गरेको छ। पछिल्लो एक सातादेखि कञ्चनपुरसहित तराईका जिल्लामा गर्मी अत्यधिक बढ

    • प्रकाशित मितिः असार ८, २०८३
    • 270 पटक पढिएको
  • प्रधानमन्त्री नै कुलपति हुने भएकाले राजनीतिक प्रभाव पूर्णरूपमा हट्न सकेको छैन सांसद बराल

    काठमाडौँ । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले सरकारले हालै जारी गरेको विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिमाथि गम्भीर प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्व दिने तथा खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउने दाबी गरिए पनि अहिलेको प्रक्रियालाई नजिकबाट हेर्दा राजनीतिक प्रभाव पर्याप्त मात्रामा कायम रहने देखिएको बताए । उनले भने, ‘हालै सरकारले विश्वविद्यालयका उपकुलपतिहरूको छनोट र सिफारिससम्बन्धी एकीकृत कार्यविधि २०८३ जारी गरेको छ । राजनीतिक भागबन्डा घट्ने, अनुसन्धान र प्राज्ञिक यो

    • प्रकाशित मितिः असार ५, २०८३
    • 227 पटक पढिएको
  • कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ६९।७५ विद्यार्थी ग्रेडेड भएका छन् ।  परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ जना विद्यार्थीमध्य २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।जसमा ३।६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३।२१ देखि ३।६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् ।  यस्तै, २।८१ देखि ३।२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् । त्यसैगरी २।४१ देखि २।८० सम्म जीपीए ल्याउनेको संख्या ५० ह

    • प्रकाशित मितिः असार ५, २०८३
    • 240 पटक पढिएको
  • द ब्रिटिस कलेजले पायो ब्रिटिस एक्रिडिटेसन काउन्सिलको पुनः मान्यता

    काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप बिइजी अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज टिबिसीले ब्रिटिस एक्रिडिटेसन काउन्सिल बिएसीबाट पुनः मान्यता प्राप्त गरेको छ । कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ । कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ। उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक

    • प्रकाशित मितिः असार ५, २०८३
    • 198 पटक पढिएको
  • किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ। जिल्लाको किस्पाङ गाउँपालिकामा ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’अन्तर्गत वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता थियो । ‘सङ्घीयतामा स्थानीय सरकार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयका राधिका रैला प्रथम, ऐसेलु भूमे माध्यमिक विद्यालयका लक्ष्मी विक द्वितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका पूजा तामाङ तृतीय भएकी छिन् ।   त्रिभुवन विश्वविद्यालयको केन्द्रीय नेपाली इतिहास, संस्क

    • प्रकाशित मितिः असार ५, २०८३
    • 279 पटक पढिएको
  • आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन, अनुसन्धान र प्रयोगसँग जोड्ने प्रयास गरेको कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो । कावासोती नगरपालिका–१७ मा रहेको त्रिभ

    • प्रकाशित मितिः असार ५, २०८३
    • 250 पटक पढिएको
  • अध्ययनको बहानामा त्रिभुवन विश्वविद्दालयमा अर्बौंको खेल, ४ सय प्राध्यापकमाथि गम्भीर प्रश्न

    काठमाडौं।  देशकै सबैभन्दा ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयभित्र वर्षौंदेखि चलिरहेको एउटा ठूलो बेथिति अहिले पर्दाफास भएको छ। अध्ययन बिदाको सुविधा लिएर विदेश पुगेका सयौं प्राध्यापक फर्किनुपर्ने समय सकिँदा पनि नफर्किएको मात्रै होइन, राज्यको करोडौं रकम समेत जोखिममा परेको खुलासा भएको छ।छानबिन समितिको प्रतिवेदनले चकित पार्ने तथ्य बाहिर ल्याएको छ। अध्ययन बिदाको नाममा ३९८ जना प्राध्यापकले नियम उल्लंघन गरेको देखिएको छ। १९१ जना बिदा सकिएपछि सेवामै फर्किएनन् भने २०७ जनाले अध्ययन सम्पन्न गरेको प्रमाणसमेत पेश गरेका छैनन्।सबैभन्दा गम्भीर कुरा, यस प्रकरणबाट त्रिभुवन विश्वविद्यालयलाई २ अर्ब रुप

    • प्रकाशित मितिः असार ३, २०८३
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.