काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।
बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ६९।७५ विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ जना विद्यार्थीमध्य २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।
जसमा ३।६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३।२१ देखि ३।६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् । यस्तै, २।८१ देखि ३।२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यसैगरी २।४१ देखि २।८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ जना छन् । २।०१ देखि २।४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १।६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको बोर्डले जनाको छ ।





































