शिक्षा

    Showing 301-310 of 950 items.
  • १६ विद्यार्थी सङ्गठनले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरे

    काठमाडौं— सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएर सरकारले विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको आरोप लगाएका छन् । विद्यार्थी सङ्गठनले विद्यालय शिक्षक नियुक्ति प्रक्रियालाई समावेशी बनाउन तथा शत्प्रतिशत खुला प्रतिस्पर्धामार्फत शिक्षक नियुक्ति गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, व

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 769 पटक पढिएको
  • विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

     काठमाडौं— विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । सोमबार समितिका सचिव दशरथ धमलाले प्रतिवेदन बैठकमा पेस गरेका हुन् ।प्रतिवेदनमा कुल १७४ वटा दफा छन् । १४ वटा दफा थप गरिएका छन् । ९८ दफा संशोधन गरी चारवटा दफा हटाइएको सचिव धमलाले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 798 पटक पढिएको
  • बजेट अभावका कारण ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

    काठमाडौं— मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको  ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ ।मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बिमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियङ्का यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताईन् । निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ ।कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ ज

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 787 पटक पढिएको
  • अखिल क्रान्तिकारीका विद्यार्थीहरू २३ दिनदेखि रिले अनशनमा

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 807 पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति

    विराटनगर – स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ । लामो समयसम्मको असफल प्रयासपछि सुन्दरहरैचावासीको निरन्तर आवाज, प्रदेशबासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तया

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 552 पटक पढिएको
  • विद्यालय शिक्षा विधेयक फेरि विवादमा

    काठमाडौं – एक महिनादेखि बस्न नसकेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साउन २२ गते बस्न सफल भयो । झण्डै २२ महिनादेखि जारी विद्यालय शिक्षा विधेयकको छलफल बिहीबार अन्त्य गर्दै विधेयक सर्वसम्मत पारित भयो ।यद्यपी प्रतिवेदन तयार हुन बाँकी रहेको ‘विद्यालय शिक्षा कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ टुङ्गोमा लाग्ने सम्भावना बढिरहेको बेला फेरि विवाद सिर्जना भएको छ । समितिकाे साउन २२ गते बसेको बैठकमा कार्यसम्पादन मूल्याङ्कन, प्राधानाध्यापक नियुक्ती भएपछि महासंघको सदस्यता स्वतः निस्क्रिय हुने, शिक्षकको बढुवा तीन प्रकारबाट हुने विषयमा सहमति जुटेपनि अहिले फेरि शिक्ष

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 547 पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

    काठमाडौं— कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने पनि शाखाले जनाएको छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको अनुमान छ । एक व्य

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 597 पटक पढिएको
  • मनमोहनमा विएससी नसिंङगको पाठयक्रम तयार : धनकुटा अस्पताल हस्तान्तरण भएसँगै पढाई सुरु हुने

    विराटनगर— कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले विएससी नसिंङग  विषयको पाठक्रम तयार गरेको छ । धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा सञ्चालन गराउन प्रदेश सरकारले हस्तान्तरण पृकृया सुरुगरेसँगै मनमोहन प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखी नै कक्षा सञ्चालन गराउनका लागि विएससी नसिंङग कक्षाको पाठयक्रम तयार गरेको हो । देशका दक्ष नसिंङ कार्यक्रम विज्ञ र चिकित्सकहरुको समुहले महिनौ लगाएर समेस्टर प्रणालीमा आधारित ४ बर्षे नसिङग बिषयको पाठयक्रम  तयार भएको मनमोहनका उपकुलपति डा सुवासश्रीले जानकारी दिए । उनका अनुसार मनमोहनले चार बर्षे नर्सिङ कोर्षलाई ८ वटा सेमिस्टर प

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 813 पटक पढिएको
  • शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन

    काठमाडौं –  नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवालाका विषयहरू विद्यमान कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भइ सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गनुपर्ने माग राखेका हुन् ।उनीहरुले राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गराउन खोज्नु अत्यन्तै अव्यवह

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 685 पटक पढिएको
  • झापा प्याप्सनमा एकता संकटः नेतृत्व विवादले संगठन प्रभावित

    झापा— प्याप्सन झापामा १४औं जिल्ला अधिवेशनपछि आन्तरिक मतभेद सतहमा आएको छ। अध्यक्षमा छत्र कार्की विजयी भएपछि प्रतिस्पर्धी जनार्दन ढकाल पक्षले बेवास्ता गरिएको आरोप लगाउँदै झापा क्लस्टर प्याप्सनको नाममा समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।शिवशताक्षीमा हालै सम्पन्न कर, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा १५३ प्रिन्सिपलको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम जनार्दन ढकालको अध्यक्षतामा भएको थियो, जसमा संगठनको समावेशीपनमाथि प्रश्न उठाइयो।अर्कोतर्फ, अध्यक्ष कार्कीले पराजित समूहलाई सल्लाहकारको रूपमा समेट्ने प्रयास गरिएको दाबी गर्दै विभिन्न पालिकासँगको समन्वयमा कार

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 772 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.