काठमाडौं— त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न पदमा नौ जना नयाँ पदाधिकारी नियुक्त गरेको छ।
कानुन संकायको डिनमा डी.एन. पराजुली र परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन्। त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अनुसन्धान निर्देशनालयको निर्देशकमा यमबहादुर गुरुङ र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे जिम्मेवारी पाएका छन्।
शिक्षा संकायका सहायक डिनमा अवतार सुवेदी, सह–परीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसका प्रमुखमा ठाकुर वाग्ले, हेटौँडा वन क्याम्पसका प्रमुखमा यमबहादुर केसी र ललितकला विभागको प्रमुखमा अञ्जु कँडेल नियुक्त भएका छन्।
रेक्टर खड्ग केसीका अनुसार यी सबै पदहरूमा दरखास्त आह्वान गरी सिफारिस समितिले मूल्याङ्कनपछि सिफारिस गरेको आधारमा नियुक्ति गरिएको हो। उनले थप जानकारी दिँदै भने, “विद्यार्थी कल्याण निर्देशकको सिफारिस प्रक्रिया अझै बाँकी भएकाले सो पदमा नियुक्ति स्थगित गरिएको छ।”




































