समाज

    Showing 9,881-9,890 of 11,162 items.
  • काठमाडौंमा आज बिहानैदेखि चर्को घाम, अब तीन दिन पानी पर्ने सम्भावना कम

    काठमाडौं–  मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मानन्धरको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले बताइन । काठम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 342 पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

    काठमाडौं— त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन नसकेका शवहरू मध्ये तीन वटा भरतपुर अस्पताल र तीन वटा परासी अस्पतालमा राखिएको छ । पहिचान भएपछि ती शव पोष्टमाटम गर्दै परिवारलाई बुझाइने छ । शुक्रबार भएको दुर्घटना पछि अहिले सम्म फेला परेका शवहरू मध्ये सनाखत भएकामा भारत वेतियाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितवन माडीका विकाश परियार, सर्लाही वरथहवाका रमितकुशर माझी र भारत विहारका ऋषि पाल छन् । बस अझै भेटिएको छ

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 608 पटक पढिएको
  • भोलि साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं— ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 300 पटक पढिएको
  • त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

    काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ। हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०-३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ। मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेक

    • प्रकाशित मितिः असार २९, २०८१
    • 589 पटक पढिएको
  • २४ घण्टामा पहिरोले १५ जनाको ज्यान लियो

    काठमाडौं— विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दी दुई, चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जानकारी दिए ।साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सर

    • प्रकाशित मितिः असार २८, २०८१
    • 517 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    काठमाडौं— लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीका ला

    • प्रकाशित मितिः असार २८, २०८१
    • 385 पटक पढिएको
  • भन्सार छलेर ल्याएको सामान बरामद

    बुटवल— जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर अवैध रूपमा भारतीय सीमा नाकाबाट ल्याइएका सामानहरू बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा खटेको प्रहरीले टोलीले सोमबार दुई लाख ८२ हजार ७ सय ९० रुपैयाँ बराबरको अवैध चोरी पैठारी गरेर ल्याएका सामानहरू बरामद गरिएको हो। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए। साडी, कुर्था सुरुवाल, दौरा सुरुवाल, कोट पाइन्ट, चिनी, प्याज लगायत सामग्रीहरू बरामद गरिएको छ। प्रहरीले रोहणी गाउँपालिका-२ निवासी राजमन हरिजन र सोही गाउँपालिका-७ न

    • प्रकाशित मितिः असार २५, २०८१
    • 405 पटक पढिएको
  • भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

    नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। 'विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएकजनाको मृत्यु भएको छ,' मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ।हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । राससरसिन्ह्वा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 378 पटक पढिएको
  • विपद्का घटनामा परी देशभर ७४ जनाको मृत्यु, ८८ घाइते

    काठमाडौँ-  यस वर्षको मनसुन सुरु भएयता नेपालमा विपद्का घटनामा परी ७४ जनाको मृत्यु भएको छ । ८८ जना घाइते छन् ।अविरल वर्षाका कारण २०८१ जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विपद्‌मा परी काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा १८, मधेसमा तीन, वाग्मतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको हो । विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मती  चार, गण्डकीम

    • प्रकाशित मितिः असार २४, २०८१
    • 394 पटक पढिएको
  • घरभित्र पसेको बाढीले बच्चाको मृत्यु, एकजना बेपत्ता

    कञ्चनपुर— कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ। 

    • प्रकाशित मितिः असार २४, २०८१
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.