कञ्चनपुर— कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। 

राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

OM Sai Pathibhara Hospital

त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ।