नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। 

पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। 'विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएकजनाको मृत्यु भएको छ,' मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

OM Sai Pathibhara Hospital

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । राससरसिन्ह्वा