समाज

    Showing 9,551-9,560 of 11,162 items.
  • ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ

    काठमाडौं— बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका—८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 273 पटक पढिएको
  • लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना हुँदा ८ जना घाइते

    काठमाडौं— जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा न– ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै गरेको गाडी दुर्घटना भएको हो । उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिए ।गाडी दुर्घटनामा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 296 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडौं— प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मोरङ बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका–५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 301 पटक पढिएको
  • भन्सार छलेर २ करोड भन्दा बढीको सामान बरामद, ३ जना पक्राउ

    काठमाडौं— प्रहरीले दुई करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिए सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। यही चैत १ गतेराति काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाक

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 688 पटक पढिएको
  • काठमाडौं महानगरले आफ्ना कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम प्रदान गर्दै

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले आइतबारदेखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ । तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे ।  महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 481 पटक पढिएको
  • भारतीय नम्बर प्लेटको गाडी दुर्घटना चार जना घाइते

    काठमाडौं— मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए ।घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते ह

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 377 पटक पढिएको
  • सर्वोच्चको अन्तरिम आदेशः टीओडी जाँच गर्न मन्त्री खड्काले बनाएको समितिले काम गर्न नपाउने

    काठमाडौं— सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम गर्न नपाउने आदेश दिएको छ।टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिँदै समितिलाई काम गर्न निषेध गरेको हो।उद्योगीहरुसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए। अधिवक्ता खडानन्द कंडेलले ऊर्जा मन्त्रालयसहित समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो। सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 615 पटक पढिएको
  • स्थानीयस्तरमै उच्च गुणस्तरिय तेल ल्यायो फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले

    काठमाडौं— फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ। शनिबार आयोजित कार्यक्रममा उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेका थिए।फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक छ। कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पाद

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 361 पटक पढिएको
  • शव सडकमै राखेर प्रदर्शन उत्रिएका आफन्त

    काठमाडौं— होली खेल्ने क्रममा भएको विवादका क्रममा हत्या गरिएका युवाका आफन्त प्रदर्शनमा उत्रिएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि जनकपुरको जलेश्वर सडकखण्ड समेत अवरुद्ध भएको छ ।आफन्तले जनकपुरको जलेश्वर सडकखण्डमा मृतक १८ वर्षीय आशु यादवको शव राखेर प्रदर्शन गरेका हुन् । उनीहरूले घटनामा संलग्नहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।शनिबार साँझ होली खेल्ने क्रममा विवाद हुँदा जलेश्वरकै २१ वर्षीय धर्मेन्द्र महतोले यादवमाथि छुरा प्रहार गरेका थिए । प्रहरीले धर्मेन्द्रलाई पक्राउ गरिसकेको छ ।तर, पीडितका आफन्तले महतोबाहेक अन्य पनि संलग्न रहेको भन्दै कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 360 पटक पढिएको
  • लागूऔषध ब्राउन सूगरसहित ६ जना पक्राउ ।

    काठमाडौं— झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँच गर्ने क्रममा उनीहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।धनकुटा शहिदभूमी गाउँपालिका–४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँ सहित प्रहरीले नियन्त्रण गरेको हो। चैत्र ०२ गते विराटनगर महानगरपालिका—१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 384 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.