समाज

    Showing 9,471-9,480 of 10,247 items.
  • द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति भेटिए (नामावली सहित)

    काठमाडौँ / नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् ।बेपत्ता पारिएका व्यक्तिको उजुरीको छानबिनका लागि आयोगले पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो ।“बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्यक्ति सम्पर्कमा आएका छन्, परिवारसँग सकुशल भेटिएका छन्”, आयोगका अध्यक्ष युवराज सुवेदीले भने, “अध्ययन गर्दै जाँदा भेट्ने क्रम जारी छ, अरु पनि भेटिन्छन् भन्ने आयोगलाई विश्वास छ ।”नेपालमा विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको भनेर आयोगम

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 386 पटक पढिएको
  • छोरी जन्मिए पछि घाँटी थिचेर हत्या गर्ने पक्राउ

    मोरङ / रंगेलीबाट शिशु हत्याको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । छोरीको जन्म भएपछि घाँटी थिचेर हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ५ आँपगाडी टोल बस्ने मृत नवजात शिशुका बुबा अरुण, आमा खुस्बु, हजुर बुवा ५० बर्षीय नागेश्वर मण्डल र हजुरआमा ४८ बर्षीय उर्मिला मण्डल रहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरंगले जानकारी दिएको छ।प्रहरीका अनुसार खुस्बुले आइतबार राती साढे ८ बजे छोरीलाई जन्म दिएकी थिइन् । छोरी भएको थाहा भएपछी ब्ल्याँकेटले घाँटी थिचेर हत्या गरि आफैले सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनेर गाडेको भेटिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 138 पटक पढिएको
  • विमला मृत्यु प्रकरण : हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी

    इलाम / उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका –२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला परेकी थिइन् । उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आएएकी थिइन् । जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो ।

    • प्रकाशित मितिः असार २९, २०७८
    • 304 पटक पढिएको
  • साल्मे–फाप्लु सडक भत्कियो

    सोलुखुम्बु / सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ । साल्मे-फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नुहँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।बैशाख शुरु हुनै लाग्दा काम थालिए पनि असारको मध्य नहुँदै भत्कन थालेको सवारी चालक दावा ग्याल्जेन शेर्पाले बताएका छन् । सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दावी छ । कार्यालयका अनुसार ओखलढुङ्गाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको

    • प्रकाशित मितिः असार २९, २०७८
    • 141 पटक पढिएको
  • अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

    काठमाडौँ / मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिए ।  हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 116 पटक पढिएको
  • सुनसान ठमेल

    काठमाडौँ / काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो ।गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो । पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँ

    • प्रकाशित मितिः असार २८, २०७८
    • 148 पटक पढिएको
  • ढोलठान दरबारसम्म पदमार्ग निर्माण

    गलेश्वर / ऐतिहासिक पर्वत राज्यको राजधानी ढोलठानस्थित पर्यटकीय र पुरातात्विक महत्वले युक्त राजदरबार पुग्न अब सहज भएको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मी यामको राजधानी ढोलठान दरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो ।म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित ढोलठान दरबार पुग्नलाई वडा कार्यालयको लगानीमा सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको हो । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको ढोलठान दरबारलाई संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलका रूपमा

    • प्रकाशित मितिः असार २८, २०७८
    • 156 पटक पढिएको
  • कोरोना सक्रमित पत्रकारलाई उपचारका लागि आर्थिक सहयोग

    इलाम / कोरोना सक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठानले  सहयोग गरेको छ । इलामका पत्रकार बुद्धवीर राईलाई १ नम्बर प्रदेशस्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको हो ।  आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले रु २५ हजार प्रदान गरेका छन्। सञ्चार प्रतिष्ठानले कोभिड सङ्क्रमित पत्रकारलाई उपचारमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत पत्रकार राईलाई सो रकम प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका हुन् । शर्माले नेपाल पत्रकार महासङ्घ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्

    • प्रकाशित मितिः असार २८, २०७८
    • 126 पटक पढिएको
  • बाढी प्रभावित हेलम्बुवासीलाई बिदेशमा बस्ने नेपालीकोे सहयोय

    सिन्धुपाल्चोक / बाढी प्रभावित हेलम्बुवासीलाई बिदेशमा बस्ने नेपालीले सहयोय गरेका छन् । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वरुप आर्थिक सहायता गरेका हुन् । यसअघि नै मृतकका परिवार र शैक्षिक संस्थालाई सहयोग गरिएको स्थानीय संयोजक कुमारप्रसाद लामिछानेले जानकारी दिए। पूर्ण प्रभावितलाई वडा कार्यालयबाट प्राप्त विवरणअनुसार सहयोग शुरु गरिएको कुवेत संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिएका छन्  ।वडा नं १ का २३, वडा नं २ का ४३, वडा नं ३ का २६ र वडा नं ६ का नौ परिवारलाई रु पाँच÷पाँच हजारका दरले सहयो

    • प्रकाशित मितिः असार २८, २०७८
    • 108 पटक पढिएको
  • साउने सोमवार अर्जुनधाराको मन्दिर नखुल्ने

    झापा / कोभिड-१९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण झापाको अर्जुनधारा जलेश्वरधाम साउने पर्वमा नखुल्ने भएको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ।पूर्वका पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगतका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो। गत वर्ष पनि कोभिड–१९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए ।सोमबार जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका व

    • प्रकाशित मितिः असार २८, २०७८
    • 728 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.