काठमाडौं— पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् । 

उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।