समाज

    Showing 9,451-9,460 of 10,247 items.
  • मेलमिलापको माध्यमबाट समस्या निरुपण गर्दै न्यायिक समिति

    मकवानपुर / मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दा मध्ये आर्थिक वर्ष २०७७/७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएको हो।समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिएकी छन् । अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिएका छन् । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 150 पटक पढिएको
  • नवलपुरमा चैतेधान उत्पादनमा वृद्धि

    नवलपुर / बर्दघाट–सुस्तापूर्वमा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिएका छन् । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेल भन्छन्, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।”

    • प्रकाशित मितिः साउन ४, २०७८
    • 117 पटक पढिएको
  • मिथिलामा सुनसान शिवालय

    महोत्तरी / मिथिलामा साउन महिना प्रारम्भ भएसँगै शिवालयमा धार्मिक मेलाको उत्सव परम्परा छ तर यसपालि शिवालयहरु सुनसान छन् । साउन शुरु हुन केही दिनपूर्व नै गुलजार देखिन थाल्ने शिवालय यसपालि साउन लागिसके पनि सुनसान देखिएका हुन् । कोभिड–१९ महाव्याधि सङ्क्रमण सन्त्रास छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले शिवालयमा हुने मेला उत्सवमा रोक लगाएपछि देवस्थल सुनसान देखिएको हो ।साउन प्रारम्भसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना नै जारी गरेर साउन महिनामा आयोजन हुने धार्मिक मेलामा रोक लगाएको हो । जिल्लामा गत वर्ष पनि महाव्याधि सङ्क्रमण सन्त्रासले साउने मेला आयोजन भएका थिएनन् । जिप्र

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 126 पटक पढिएको
  • झापाको हल्दिबारीमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान

    झापा / हल्दिवारी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा ‘गुणस्तरीय पूर्वाधार निर्माण’ अभियान शुरु गरेको छ । विशेषगरी सडकको स्तरोन्नति, पहुँच मार्गमा जोड्ने सडक कालोपत्र, स–साना खोला तथा होलीमा कज्वे, पुल निर्माणजस्ता कार्यलाई निरनतरता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिएका छन् । आव २०७८÷७९ शुरु भएसँगै वडा कार्यालयबाट छनोट भएका योजना धमाधम निर्माण शुरु गरिएको उहाँको भनाइ थियो । उनले सबै योजना समयमै सम्पन्न गर्ने गरी थालिएको बताएका छन् । यता कृषि क्षेत्रको विकासका लागि समेत हल्दिबारीले ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ भन्ने

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 225 पटक पढिएको
  • उध्योग बाणिज्य संघ हल्दिवारी गठन

    हल्दिवारी / युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठ उध्योग बाणिज्य संघ गठन भएको छ। आज बसेको उध्योगी तथा व्यवसायीहरुको भेलाले सदस्य तदर्थ समिति गठन गरेको हो ।  समितिमा देहायका उध्योगी व्यवसायीहरु चयन भएका छन् । अध्यक्ष-सुमन मैनाली , सदस्यहरु - कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली  रहेको तदर्थ समिति गठन भएको हो । हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उध्योग संचालित छ्न भने  करिव ७ सय

    • प्रकाशित मितिः साउन २, २०७८
    • 684 पटक पढिएको
  • मानिस हराउने क्रम बढ्दो, नवलपुरबाट एक वर्षमा ३०० बढी हराए

    नवलपरासी / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७/७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताएका छन् ।आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्

    • प्रकाशित मितिः साउन २, २०७८
    • 155 पटक पढिएको
  • पहिरोको कारण १५ दिनदेखि खानेपानीको हाहाकार

    म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताएका छन् । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स

    • प्रकाशित मितिः साउन २, २०७८
    • 110 पटक पढिएको
  • साहित्य चौतारी बिर्तामोडको २२ औं वार्षिकोत्सव सम्पन्न

    बिर्तामोड / साहित्य चौतारी बिर्तामोड झापाको २२ औं वार्षिकोत्सव तथा २०८ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा छन्दवादी कवि डिल्लीराम नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए। सरगम संगीतालय बिर्तामोडका कलाकारले साहित्य चौतारीको स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा  संस्थाका संस्थापक तथा संरक्षक देविभक्त श्रेष्ठले रामायण पाठ गरेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष हस्त परियारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने निवर्तमान अध्यक्ष टंक विकल्पले आगामी

    • प्रकाशित मितिः साउन १, २०७८
    • 113 पटक पढिएको
  • विजयसाल संरक्षणमा टेवा पुर्याउदै कञ्चनपुरका सामुदायिक वन

    कञ्चनपुर / बहुऔषधीय गुण भएका विजयसाल जोगाउनका लागि कञ्चनपुरका सामुदायिक वनका उपभोक्ता संरक्षणमा जुटेका छन् ।लोपोन्मुख अवस्थामा पुगेका विजयसाल जोगाउनका लागि यहाँका सामुदायिक वनका उभोक्ताले विगत एक दशकदेखि अभियान नै सञ्चालन गरेका हुन् । उपभोक्ताले वन क्षेत्रमा प्राकृतिकरुपमा रहेका रुखको संरक्षण गर्ने कार्यसँगै नयाँ बिरुवा उत्पादन गरी रोप्ने कार्य गर्दै आएका छन् । सामुदायिक वनले वन क्षेत्रमा नमूना प्लट निर्माण गरी विजयसाल संरक्षण गर्दै आएको जिल्ला सामुदायिक वन समन्वय समितिका सचिव नरेशराज भट्टले बताएका छन्  । उनका अनुसार कृष्णपुर नगरपालिकास्थित जयलक्ष्मी सामुदयिक वनले १५ हेक्टर, जनहि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 155 पटक पढिएको
  • सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घनका घटनामा वृद्धि

    सोलुखुम्बु / सोलुखुम्बुमा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको घटना विवरणअनुसार जिल्लामा मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना वृद्धि भएका हुन् । सन् २०२० मा ३० घटना अभिलेखीकरण गरेको इन्सेकले सन् २०२१ को छ महिनाको अवधिमा २८ मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका जनाएको छ । बिहीबार सल्लेरीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सबैभन्दा बढी बलात्कार र बलात्कार प्रयासका घटना बढी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । गत वर्ष नौ घटना भएकामा यो वर्ष छ महिनाको अवधि

    • प्रकाशित मितिः साउन १, २०७८
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.