काठमाडौं— उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्।
चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा विहीबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत गम्भीर घाइते भएका थिए।
उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। घाइते ५ जनाको विराटनगरस्थित न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।