समाज

    Showing 9,431-9,440 of 11,162 items.
  • निकिताद्वारा व्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग

    सर्लाही— बागमती नगरपालिका वडा नंं ११ घर भएका विनय बि.क. लाई ५०,००० नगद सहयोग गरेका छन् । विगत १ बर्ष देखि क्यानसर सँग लड्दै आए विकलाई नगद उपलब्ध गराएका हुन् ।सर्लाही हरिवन नगरपालिकाकी निकिता लाखे परियारले सहयोग सङकलन गरि ५०,००० रुपैयाँ नगद विनयको परिवारलाइ हस्तानतरण गरेकी हुन । न्युन आर्थिक अवस्था भएकाले क्यान्सर पीडितलाई सो रकम उपलब्ध हस्तान्तर गरेको हुन् ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 731 पटक पढिएको
  • गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    गुल्मी— गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 417 पटक पढिएको
  • आज उभौली पर्व मनाउँदै किरात समुदाय

    काठमाडौं— प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।बाली लगाउनुअघि गाउँ/गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 353 पटक पढिएको
  • भन्सार छलीका ७२ लाखको सामान भुसमुनि भेटियो

    काठमाडौं— भन्सार छली गरी कपडा र धाराको पार्टपुर्जा ओसारपसार गरिरहेको ट्रकलाई प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिइएको छ ।साँगाबाट काठमाडौंतर्फ आइरहेको बा.४ ख.७६० नम्बरको ट्रक चेकजाँच गर्दा परालको भुसमुनि लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा कपडा तथा धाराको पार्टपुर्जा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले उक्त ट्रकमा करिब ७२ लाख रुपैयाँ बराबरको चोरी पैठारी गरिएका सामग्री फेला पारेको जनाएको छ ।ट्रकबाट बरामद गरिएको सामग्रीमा कुर्ता सुरुवाल ३८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १८७५ पिस, पर्दाको कपडा ९९ रोल, साडी १५९ पिस र धाराको पार्टपु

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 458 पटक पढिएको
  • काभ्रेमा टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • 386 पटक पढिएको
  • बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु

    सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । विहीबार स्थानिय  उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जनाइको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 275 पटक पढिएको
  • खेतमा जमेको पानीमा डुबी नाबालिकाको मृत्यु

    झापा— झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । विहिबार खेतमा जमेको पानीमा डुबी १५ महिनाकी नाबालिकाको मृत्यु भएको हो ।लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेकी हुन् । मृतककी आमा कल्पना टुडुले नै छोरीलाई पानीमा डुबेको देखेकी थिइन् । नाबालिका छोरीलाई पानीबाट निकाली हेर्दा मृत्यु भइसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएको प्रहरीले जनाएको छ । कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 328 पटक पढिएको
  • ब्राउन सुगरसहित ५ जना प्रहरीको फन्दामा

    विराटनगर— विभिन्न स्थानबाट ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–१२ का ३१ वर्षीय अमृत बङ्गाली, धरान–८ का ४६ वर्षीय राज तामाङ, ३५ वर्षीय  प्रबिन पोखरेल, मेचीनगर–१२ का १९ वर्षीय भुमीराज राई र २२ वर्षीय इश्वर राई रहेका छन् ।बुधबार मोरङ बिराटनगर महानगरपालिका–१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो बिराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा अमृत बङ्गालीको साथबाट ब्राउन सुगर २ ग्राम ८०० मिलिग्राम र राज तामाङ, र प्रबिन पोखरेलको साथबाट १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।त्यसैगरी लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 521 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

    काठमाडौ— अवैध लागु औषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । मोरङ, धनकुटा, पर्सा लगायतका जिल्लाबाट सात जना पक्राउ परेका हुन् ।  मोरङको विराटनगर महानगरपालिका– १६ हुलास चोकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ४६ वर्षीय राज तामाङ र सोही उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय प्रवीण पोखरेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • 280 पटक पढिएको
  • विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषधी र ब्राउन सुगर सहित १२ जना पक्राउ

    विराटनगर— विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप(महानगरपालिका—१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय  मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३  हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३०  एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङ बिराटनगर—१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी—४ का  १९ वर्षीय हेमराज बिश्वकर्

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.