सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्ट लागेर नावालकको मृत्यु भएको छ । विहीबार स्थानिय  उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागी घाईते भएका थिए ।

उनलाई तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जनाइको छ ।