झापा— झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । विहिबार खेतमा जमेको पानीमा डुबी १५ महिनाकी नाबालिकाको मृत्यु भएको हो ।

लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घर निजकै धान खेतमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेकी हुन् । मृतककी आमा कल्पना टुडुले नै छोरीलाई पानीमा डुबेको देखेकी थिइन् । नाबालिका छोरीलाई पानीबाट निकाली हेर्दा मृत्यु भइसकेको भनि तत्काल इलाका प्रहरी कार्यलय शिवगंजमा जानकारी गराएको प्रहरीले जनाएको छ । कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम पश्चात शव आफ्न्तलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ।