समाज

    Showing 9,401-9,410 of 10,247 items.
  • नौं वर्षिया बालिका बलात्कारको अभियोगमा झापाका एक युवक पक्राउ

     काँकरभिट्टा//नौं वर्षकी एक बालिकालाइ  बलात्कार गरेको अभियोगमा १९ वर्षिया  युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ धर्मचोकका दिपेन कार्की रहेका छन्।कार्कीले साउन ३ गते दिउँसो बालिकालाई बलात्कार गरेको भएपनि बालिकाले आइतबार मात्रै खेल्ने क्रममा साथीहरुलाई बताएकी थिइन्। लगतै अभिभावकले प्रहरी कार्यलयामा गएर उजुरी गरेका थिए । उजुरी पर्नासाथ कार्कीलाई पक्राउ गरिएको  इलाका प्रहरी काकार्यालय काँकरभिट्टाका डिएसपी सुनिलसिंह दाहालले जानकारी गराएका छन् ।

    • प्रकाशित मितिः साउन १९, २०७८
    • 147 पटक पढिएको
  • मामाघर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु

    सप्तरी//सप्तरीमा मामाघर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।राजगढ गाउँपालिका–३ नर्घोका घुरन रामका ७ वर्षीया छोरा उमेश रामको  पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराज-१ चनौराको राम टोलस्थित मामाघर गएका बालक पोखरीमा नुहाउने क्रममा डुबेका थिए।  शव पोष्टमार्टमका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 115 पटक पढिएको
  • सप्तरीमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु ,दुई घाइते

    सप्तरी//सप्तरीमा मोटरसाइकल एक-आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। सप्तरीको खडक नगरपालिका–४ अमाहामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसलाई उछिन्न खोज्दा अनियन्त्रित भएको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकलसंग ठोक्किएको थियो। दुर्घटनामा चालक सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीया बुधसागर चौधरी र सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीया रामशंकर यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।स.११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्ष

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 118 पटक पढिएको
  • काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने झापाली महिला पक्राउ

    काठमाडौं // काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउने झापाली महिला पक्राउ परेकी छन्। झापाको गौरादह नगरपालिका-५ की ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई बेश्यावृत्ति गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीसंगै काम गर्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका-३ की २४ वर्षीया प्रिती आलेमगरलाई समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी गराएका छन्।उनीहरुले काठमाडौंमा फ्ल्याट भाडामा लिएर बेश्यावृत्ति गराउँदै  आएका थिए । एक महिलालाई परपुरुषसँग शारीरिक सम्पर्क राखे पैसा दिन्छु भन्दै जबरजस्ती त्रासमा पारेर १ महिनासम्म बेश्यावृत्तिमा लगाएको उनीहरुमाथि आर

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 268 पटक पढिएको
  • वीरगंजमा रोकिराखेको ट्रकबाट २१ किलो गाँजा बरामद

    वीरगंज//वीरगंजमा रोकिराखेको ट्रकबाट सशस्त्र प्रहरीले २१ किलो गाँजा बरामद गरेको छ। मकवानपुरको मनहरीबाट वीरगंज जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध राखिएको भन्ने सुचनाको आधारमा पुगेको सशस्त्रको टोलीले गाँजा बरामद गरेको हो। वीरगंज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकिराखेको ट्रकबाट चारवटा प्लाष्टिकको प्याकेटमा २१ किलो गाँजा रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका छन्। प्रहरीको अनुसार चालक र सह-चालक भने फरार भएका छन्। 

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 133 पटक पढिएको
  • सुजिता हत्या प्रकरण :बुवासहित थप ३ जना पक्राउ

    महोत्तरी // महोत्तरीकी सुजिताको हत्यामा संलग्न रहेको आरोपमा उनका बुवासहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजिताकै बुवा कामेश्वर पाण्डे ,उनकी नन्द ३५ बर्षिया अन्जु ठाकुर र स्थानिय प्रमोद मण्डल छन्। महोत्तरीको  लोहारपट्टी नगरपालिका-७ भम्रपुराकी सुजिता ठाकुर पटक -पटक बाहिर गइरहने गर्थिन। उनको सो बानी मन नपरेको भन्दै आफ्नो प्रतिष्ठा जोगाउनकै लागि बुवाको  मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी गराएका छन्। रुपेशले उनको हत्या गरेको ,बुवाले घटना लुकाउने प्रयास गरेको

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 261 पटक पढिएको
  • सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जना पक्राउ

     सप्तरी //सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। विष्णुपुर गाउँपालिका-५ मझाउ गाउँबाट चोरी भएको मुकुटसहित स्थानीय राजेशकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी गराएका छन्। छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका आइतबार साँझ चोरी भएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको  डीएसपी काफ्लेले बताएका छन् ।   

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 161 पटक पढिएको
  • झापाको दमकबाट ६ जुवाडे पक्राउ

     दमक //झापाको दमकबाट ६  जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, ५० वर्षीय प्रेम सुब्बा,३८ वर्षीय द्रोणाचार्य कार्की,३३ वर्षीय मोहन ढुङ्गाना र ५० वर्षीय भीम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी गराएका छन्। दमक नगरपालिका–८ स्थित लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।   उनीहरुले खेलेको जुवा

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 104 पटक पढिएको
  • रौतहटबाट ९ जुवाडे पक्राउ

     रौतहट //रौतहट बाट ९ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका–४ स्थितमा बस्ने २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।त्यसैगरी सोही वडाको जयनगर टोलका  ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय   र ४२ वर्षीय उपेन्द्र राउत छन् ।चन्द्रपुर नगरपालिका -४ स्थित अशोका होटलमा जुवा खेलिरहेको  भन्ने सुचना प्राप्त भएपछी पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले खेलेको खालबाट खुल्ला

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 173 पटक पढिएको
  • झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जना पक्राउ

    पर्सा //झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत घर भइ हाल पर्साको बहुदरमाइ नगरपालिका २ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका २ कै ५१ वर्षीय धुरुपप्रसाद पटेललाइ नक्कली बावु -छोरी बनी नागरिकता दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको  प्रमाण पत्र लिएकी थिइन् ।नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।  भारतीय नागरिक सीताले झुठो विवर

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 192 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.