उदयपुर— उदयपुरमा यौन धन्दा सञ्चालन गर्ने र संलग्न हुने १३ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका यौन धन्दा चलाउने संलग्नको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध अनुसन्धान गरी सरकारी वकिल कार्यालय उदयपुरमार्फत जिल्ला अदालतमामा मुद्दा दर्ता गरिएको हो।
उनले गएको वैशाख १६ गते जाहेरवाला ९सांकेतिक नाम गाईघाट ८४ (क र गाईघाट ८५(ख) ले नाबालिका छोरी पीडित वर्ष १३ की (साङ्केतिक नाम गाईघाट ८४) र पीडित वर्ष १५ की गाईघाट ८५ लाई कानुनको विवादमा परेका बालक (साङ्केतिक नाम गाईघाट ८६, गाईघाट ८७० स्थायी घर झापा कन्काई नगरपालिका–४ भएका त्रियुगा नगरपालिका–११ पिपल चोक डेरा गरी बस्ने वर्ष २० को विक्रम तामाङ भन्ने विक्रम रणपहेली (दर्जी), त्रियुगा–११ कै वर्ष १९ की पूर्णिमा राई, सप्तरी हनुमाननगर कंंकाली नगरपालिका–४ घर भएका वर्ष २५ का कुन्दन दासका विरुद्ध मुद्दा दर्ता गरिएका जानकारी दिए।
यसैगरी त्रियुगा नगरपालिका–११ स्थितमा रहेको भ्यु प्वाइन्ट होटल र मकालु होटलको कोठामा लगी अपरिचित पुरुष मानिससँग यौन क्रियाकलाप (वेश्यावृत्ति) मा लगाई मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा मुद्दा तर्दा गरिएको एसपी योगीको भनाइ छ।
उनले भने– ‘पक्राउ परेका माथि उल्लेखित पीडकहरू विक्रमरण पहेली (दर्जी), कुन्दन दास, पूर्णीमा राई तथा मकालु होटलका सञ्चालक त्रियुगा नगरपालिका–११ का वर्ष ३८ का ललित भण्डारी, भ्यु प्वाइन्ट होटलका सञ्चालिका त्रियुगा नगरपालिका–१० की वर्ष २९ की सम्झना मगर तथा तीन बालक र पाँच जना बालिकासमेत गरी १३ जनालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान गरी हिजो मङ्गलवार मुद्दा दर्ता गरिएको छ।’
आरोपित सबै वैशाखमा पक्राउ परेको प्रहरीको भनाइ छ।