सर्लाही— सर्लाहीका विभिन्न स्थानमा अवैध रुपमा नदी उत्खनन हुँदा स्थानीयले क्षति वेहोर्नु परेको छ । अवैध नदी उत्खननले त्यहाँका स्थानीयले खेती योग्य जमिन गुमाएकोले क्षति व्यहोर्नु परेको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नंम्बर– १७ को आसपासमा नदीले कटान गर्दा खेतीयोग्य जमिनभित्र रहेको कालिन्जोर, लखन्देही, फूलजोरलगायतका नदी उत्खननले त्यहाँका कृषियोग्य जमिन कटान गरेको स्थानीय बताउछन् ।
मापदण्ड विपरीत वर्षेनी अवैध रुपमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकार, प्रशासन भने मौन रहेको स्थानीयको गुनासो छ । राजनीतिक दलका आडमा नदी उत्खनन हुँदा पनि स्थानीय सरकारले किन रोक्न सक्दैनरु स्थानीय सरकारले रोक लगाउन नसक्दा कहीँ नदी उत्खननमा संलग्न रहेको स्थानीय बासिन्दाको आशंका गरेका छन् ।
स्थानीय सरकारको क्षमता पुग्दैन भने यस्ता काममा प्रदेश सरकारले पनि अग्रसरता लिनु पर्ने हो । तर त्यसो देखिदैन । सरकारले नै निर्णय गरिदिएर सहजीकरण पनि गरिदिन सक्छन् । अर्कोतर्फ शुल्क उठाउने विषयमा स्थानीय सरकारको स्रोत–साधनको मामिला पनि हो, त्यसैले प्रदेश सरकारहरू यसमा सक्रिय हुन भने चाहँदैनन् ।
कुन ठाउँमा कति मात्रामा उत्खनन गर्न सकिने भन्ने कानूनमै व्यवस्था छ । उत्खननको मात्रा तोकिदिएको छ । एकपटक अध्ययन भएको ठाउँमा तोकिए भन्दा बढी ढुंगागिटी झिक्न पाइँदैन । हरेक २ २ वर्षमा वातावरण अध्ययन प्रतिवेदनको पुनरावलोकन हुनुपर्छ किनभने तोकिए जति निकाल्ने तर माथिबाट अरू बगेर आएन भने सतहमा खाल्डो हुने, कटान गर्ने समस्या देखिन सक्छ ।