समाज

    Showing 9,341-9,350 of 11,162 items.
  • बन्द अवज्ञा गरेको बेला मयुर यातायात सञ्चालन गरेको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरूले गाडी रोकर दिए चेतावनी

    काठमाडौं—  हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेय

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 259 पटक पढिएको
  • पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका— १७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका—४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका—१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 309 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 378 पटक पढिएको
  • बेलिब्रिजको जडान गर्न लागिएकोले कान्तिलोकपथ ४ दिन बन्द हुने

    काठमाडौं— कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान(कलंकी(हुमाने वा कुलेखानी(सिस्नेरी(फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 345 पटक पढिएको
  • झापामा जंगली हात्तीको करेन्ट लागेर मृत्यु

    झापा—  झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह (करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए । उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 194 पटक पढिएको
  • आजभन्दा भोलि धेरै वर्षाको सम्भावना

    काठमाडौं— देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । यद्यपि, विगत केही दिनको तुलनामा आज कम पानी पर्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र सुदूरपश्चिम, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।विभागले राति कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती, गण्डक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 335 पटक पढिएको
  • ‘नक्कली प्रचण्ड’ बनेका हास्यकलाकार घनश्याम गौतमको निधन

    काठमाडौं— ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ।लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 419 पटक पढिएको
  • गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका भन्दै सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 288 पटक पढिएको
  • सरकार र आन्दोलित यातायात व्यवसायीबीच छ बुँदे सहमति,निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने

    काठमाडौं— सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रध

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 268 पटक पढिएको
  • सर्लाहीको हरिवनमा प्रहरीको आँखै अधि फरार अभियुक्त तर प्रहरी मौन कञ्चन रौनियार न्यायको लागि भौतारिदै।।।

    कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्‍ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 1,475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.