समाज

    Showing 8,711-8,720 of 11,162 items.
  • सुर्खेतमा डेङ्गु संक्रमण बढ्दै, सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयको आग्रह

    हुम्ला— कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेङ्गु संक्रमणको दर वर्षेनि बढ्दै गएको पाइएको छ। पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,८३३ जना डेङ्गु संक्रमित फेला परेका छन्, जसमा चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरू वीरेन्द्रनगर नगरपालिकाका १,४१६ जना थिए। त्यस्तै गुर्भाकोटमा १४३ जना, पञ्चपुरीमा १३५ जना, लेकबेँसीमा ३८ जना, भेरीगङ्गामा २९ जना, बराहतालमा १७ जना, चौकुनेमा ११ जना, चिङ्गाडमा ९ जना, र सबैभन्दा कम सिम्तामा ६ जना संक्रमित भेटिएका थिए।जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गु सम्पर्क व्यक्ति उदय बिसी का अनुसार, पछिल्ला वर्षहरूमा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 876 पटक पढिएको
  • आफ्नै छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु

    सुनसरी— सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा छोराले आफ्नै बुवालाई छुरा प्रहार गर्दा मृत्यु भएको छ । ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मोहम्मदले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सचिव अंसारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले घटनापछि अभियुक्त मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइएको जा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 678 पटक पढिएको
  • जिपको ठक्करबाट एक जनाको मृत्यु

    सुर्खेत— जिल्लामा जिपको ठक्कबाट एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको जिप ठक्करबाट रोकिराखेको भे १ क १३४७ नम्बरको मिनिट्रकबाट घाँस झार्दै गरेका सोही ठाउँका अन्दाजी ३५ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो ।गाडीको ठक्कबाट पेट र टाउकोमा गम्भीर चोट लागी घाइते भएका बुढाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।उनका अनुसार उक्त जिपको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन् । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 547 पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी कार्य जारी

    सुनसरी— सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । गत सोमबार बिहान करिब ९ः४५ बजे बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए भने उनी बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी कार्य जारी रहेको उपरीक्षक थापाले बताए। खोजी कार्य बराहक्षेत्र–९ स्थित सप्तकोशी नदी आसपा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 547 पटक पढिएको
  • भक्तपुरमा दुई बालक १० दिनदेखि बेपत्ता, अभिभावकको चिन्ता बढ्दो

    भक्तपुर – भक्तपुरका दुई बालक १० दिनदेखि सम्पर्कविहीन भएका छन्। कलमविनायकस्थित सरस्वती विद्यालय गृहमा कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई असार २७ गतेदेखि बेपत्ता छन्।ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ स्थायी घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, इथाचामा बसोबास गर्दै आएका उनीहरू बिहान विद्यालय जान भन्दै घरबाट निस्केका थिए। तर, त्यसयता उनीहरूको कुनै खबर आएको छैन।सागरका दाई नातागोता पर्ने सुभराज कटुवालका अनुसार, ती बालकहरू विद्यालयको पोशाकमै भए पनि झोलामा अन्य कपडासमेत लिएर निस्किएका थिए। "त्यसैले कतै काम गर्न गएका हुन् कि भन्ने शंका गरिएको छ," कटुवालले बताए।अभिभावकहरूले खोजीका ला

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 500 पटक पढिएको
  • रौतहटमा ६२ जना सशस्त्र प्रहरीद्वारा आपतकालीन रक्तदान

    रौतहट,७ साउन । ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र लाई आत्मसात गर्दै रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वामा कार्यरत प्रहरी कर्मचारीहरूले ६२ पटक आपातकालीन रक्तदान गरेका छन्। माधवनारायण नगरपालिका–४, विपनपुरवामा बस्ने २८ वर्षीया लक्ष्मीमाया देवीलाई प्रादेशिक अस्पताल गौरमा डेलिभरीका क्रममा ए प्लस ग्रुपको रक्त आवश्यक परेको थियो ।बुधबार उक्त जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा। रौतहटमा कार्यरत हवल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौरमा उपस्थित भई आपतकालीन रक्तदान गरेका छन्।उपेन्द्र मुखियाको समयमै गरिएको रक्तदानले लक्ष्मीमायाको जीवन रक्षा गर्न सह

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 298 पटक पढिएको
  • मलेसियाबाट ‘मलाई सिध्याउने षड्यन्त्र छ’ भन्दै म्यासेज गरेका हरिप्रसाद बेपत्ता

    खोटाङ – वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। साउन २ गतेदेखि सम्पर्कविहीन रहेका हरिप्रसाद तीन वर्षअघि फाजल इन्टरनेशनल प्रालिमार्फत मलेसिया गएका थिए।सम्पर्कविहीन हुनुभन्दा एक दिनअघि, साउन १ गते, मलेसियामै रहेका उनका साहिला दाजु हिमाल राईलाई हरिप्रसादले फेसबुक म्यासेन्जरमार्फत सन्देश पठाएका थिए। उनले लेखेका थिए, “म अप्ठ्यारोमा छु, मलाई सिध्याउने षड्यन्त्र भइरहेको छ। मालिकलाई नबताउनु, थाहा पाउनुभयो भने झन् गाह्रो हुन्छ। म भागेर घर फर्कन चाहन्छु, मलाई निकाल्न सल्लाह गर्नु।”उक्त सन्देश आ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 603 पटक पढिएको
  • नेवार समुदायले मनाउँदै गाथामुग चह्रे पर्व, भूतप्रेत पन्छाउँदै चाडपर्वको सुरुआत

    काठमाडौं— नेवार समुदायले आज साउन कृष्ण चतुर्दशीको अवसरमा गाथामुग चह्रे अर्थात घण्टाकर्ण चतुर्दशी पर्व धूमधामका साथ मनाउँदैछन्। विशेषगरी भूतप्रेत पन्छाउने र घर–परिवारको शान्तिका लागि मनाइने यो पर्वसँगै नेवार समुदायको चाडपर्वको सुरुआत हुने विश्वास गरिन्छ।यस दिन घर सफा गरिन्छ, जल छर्केर चोखो बनाइन्छ, र विशेष विधिबाट बौ वाय् ज्या अर्थात् भूत मन्छाउने पूजा गरिन्छ। काँचो माटोको भाँडोमा चिउराको धुलो, जाँडको कट, लसुन, रगत, कालो भटमास आदि राखी ढोकामा वा चोकमा लगेर राखिन्छ। साँझपख छ्वाली बालेर भूत प्रतीक राक्षसको पुत्ला जलाउने चलन पनि छ।यस पर्वमा बच्चा भूतदेखि नडराउन् भनेर खुट्टामा फलामको कली लगाइदिने,

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 655 पटक पढिएको
  • शिव महापुराण अब नेपाली भाषामा उपलब्ध, झापामा भव्य लोकार्पण

    झापा— हिन्दू धर्मको अति महत्वपूर्ण ग्रन्थ शिव महापुराण अब नेपाली भाषामा पनि पढ्न सकिने भएको छ। संस्कृत भाषामा रचित २४ हजार श्लोकयुक्त यस विशाल धार्मिक ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी व्याख्यासहित प्रकाशित गरिएको हो।भव्य धार्मिक समारोहका बीच उक्त ग्रन्थको लोकार्पण झापाको सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालामा मंगलबार सम्पन्न भयो।हिन्दू धर्मका अष्टादश महापुराणमध्ये एक शिव महापुराण मा भगवान शिवको उत्पत्ति, विवाह, उपदेश, अवतार, भक्तिभाव र आध्यात्मिक शिक्षाहरू विस्तृत रूपमा समेटिएका छन्। धार्मिक, सांस्कृतिक र दार्शनिक दृष्टिले ग्रन्थको महत्व अपार रहेको भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले यसलाई ज

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 720 पटक पढिएको
  • तोलामा २१०० रुपैयाँले बढ्यो सुन

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो । 

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 545 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.