समाज

    Showing 8,641-8,650 of 11,162 items.
  • ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय २८ वर्षीया भावना विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।शुक्रबार बिहान करिब पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जाँदै गरेको मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकमै अनियन्त्रण भई करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।गाडी चालक ३३ वर्षीय सविन बिष्ट भने घाइते अवस्थामा रहेका छन् । उनी हाल झापाको बिर्ता सिटी अस्पतालमा उपचाररत

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 668 पटक पढिएको
  • खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–६ स्थित धुधुवा खोलामा डुबेर  ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक पासवानकी छोरी आरुषी पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।शुक्रबार अपराह्न करिब ४ बजे घर नजिकैको धुधुवा खोलामा खेल्ने क्रममा उनी खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ। पानीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।बालिकाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जन

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 742 पटक पढिएको
  • गठनको चार महिनामै विवादमा मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चा

    काठमाडौं — मधेशका मुद्दालाई एकताबद्ध ढंगले उठाउने भन्दै गठन गरिएको संघीय लोकतान्त्रिक मोर्चा चार महिना नपुग्दै विवादमा फसेको छ। जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सम्मिलित मोर्चाले आन्तरिक असहमति चुलिँदै जाँदा संकट सामना गर्न थालेको हो।मोर्चा चैत २१ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। तर, रुपन्देही ३ को उपनिर्वाचनलाई लिएर उत्पन्न विवादले मोर्चाको स्थायित्वमै प्रश्न खडा भएको छ।आगामी कात्तिकमा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई समर्थन गर्ने निर्णय मोर्चाले गरेपछि, मोर्चाभित्रकै दल

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 753 पटक पढिएको
  • सुनसरीमा लागू औषध सहित ८ जना पक्राउ

    सुनसरी— जिल्लाको दुई फरक स्थानबाट लागू औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५ मा सञ्चालित एउटा ट्याटु हाउसमा छापा मारेर सात जनालाई पक्राउ गरेको हो।योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिबन्धित औषधिको २ हजार ७३ चक्की र ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, २४ वर्षीय सोमत राई, १९ वर्षीय असिम राई र ट्याटु हाउस सञ्चालक ३७ वर्षीय योजन राई रहेका छन्।य

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 675 पटक पढिएको
  • हितेन्द्रदेव शाक्य भन्छन् लोडसेडिङ होइन, सञ्जालले थेग्न नसकेर लाइन गएको हो

     चितवन— नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कतै पनि लोडसेडिङ नभएको दाबी गरेका छन् । सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै शाक्यले केही प्राविधिक समस्या र अस्थायी अवरोधलाई लिएर गलत प्रचार भइरहेको बताए ।“पानी नपरेको, गर्मी बढेको, अनि किसानहरूले एकैपटक बोरिङ चलाउँदा सञ्जालले लोड थेग्न सकेन । तर यो लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो”, शाक्यले भनेका छन् ।उनका अनुसार चितवनमा देखिएको विद्युत समस्या पुरानो र जीर्ण वितरण प्रणाली, साथै अत्यधिक लोडका कारण हो । “सिस्टम पहिल्यै अपग्रेड गर्नुपर्ने थियो, ढिलाइ भयो,” शाक्यले भने, “अब मंगलबार बेलुकासम्म समस्या

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 853 पटक पढिएको
  • कोलिफार्म भेटिएपछि चाँगुनारायण अन्तर्गतका खानेपानी उद्योगमा ताल्चा लगाइयो

    भक्तपुर— चाँगुनारायण नगरपालिका–३, झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमा कोलिफार्म जीवाणु भेटिएपछि नगरपालिकाले ती कम्पनीहरूको पानी बिक्री वितरणमा रोक लगाएको छ।एसएन टप वेभरेज, भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर, एक्वाराज पानी, ओके मिनरल वाटर, झौखेल उच्च वेभरेजरजय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालिमाथि कडा निगरानी गर्दै उद्योगमा ताल्चा लगाइएको उपमेयर रमेश बुढाथोकीले जानकारी दिए।खानेपानीको जारमा दिशामा पाइने कोलिफार्म जीवाणु भेटिएपछि नमुना परीक्षणको आधारमा उद्योगहरूमा तत्काल बिक्रीमा रोक लगाइएको हो।उद्योगहरूले सात दिनभित्र अनिवार्य रूपमा दर्ता र नवीकरण गराउनुपर्ने चेतावनी दिइएको छ। परीक्षण रिपो

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 837 पटक पढिएको
  • नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँः कुलमान घिसिङ

    काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म  लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 738 पटक पढिएको
  • चितवन जाँदै गरेको ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते

    धादिङ— काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एक ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ।बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका–५ स्थित कुमाइखोलाको धार्के–सीतापाइला सडकखण्डमा अनियन्त्रित भई करिब ५ मिटर तल खस्दा चालकसहित ६ जना यात्रु घाइते भएका छन्।ट्याक्सी आफैं अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने बाँकी चार जना सामान्य घाइते भएका छन्।घाइतेहरूमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया मिना खड्का, २४ वर्षीय सागर खड

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 493 पटक पढिएको
  • सुन्दरीजल खोलामा नुहाउने क्रममा एक्कासी बाढी आएपछि फसे भक्तालु, नेपाली सेनाले गर्यो उद्धार

    काठमाडौं— खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । सुन्दरीजल खोला आज नुहाउने क्रममा  आएको बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो । बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए । खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 619 पटक पढिएको
  • ज्यानसम्बन्धी कसूर: २० वर्षपछि पक्राउ परे मिनिबस चालक

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल पक्राउ परेका छन्। उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा २० वर्षपछि आइतबार गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार २०६२ भदौं २५ गते काठमाडौं तिलगंगा आँखा अस्पताल नजिक सडकमा उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा  मृत्यु भएको एसपी बोहराले जानकारी दिए। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। 

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.