काठमाडौं— खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । सुन्दरीजल खोला आज नुहाउने क्रममा  आएको बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो । 

बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए । 

खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।