भक्तपुर— चाँगुनारायण नगरपालिका–३, झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमा कोलिफार्म जीवाणु भेटिएपछि नगरपालिकाले ती कम्पनीहरूको पानी बिक्री वितरणमा रोक लगाएको छ।

एसएन टप वेभरेज, भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर, एक्वाराज पानी, ओके मिनरल वाटर, झौखेल उच्च वेभरेजरजय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालिमाथि कडा निगरानी गर्दै उद्योगमा ताल्चा लगाइएको उपमेयर रमेश बुढाथोकीले जानकारी दिए।

खानेपानीको जारमा दिशामा पाइने कोलिफार्म जीवाणु भेटिएपछि नमुना परीक्षणको आधारमा उद्योगहरूमा तत्काल बिक्रीमा रोक लगाइएको हो।

उद्योगहरूले सात दिनभित्र अनिवार्य रूपमा दर्ता र नवीकरण गराउनुपर्ने चेतावनी दिइएको छ। परीक्षण रिपोर्ट अनुसार, ती पानी मानव स्वास्थ्यका लागि अयोग्य रहेको र पिउँदा गम्भीर असर पार्न सक्ने बताइएको छ।

उक्त पानी भक्तपुर मात्रै नभई काठमाडौं उपत्यकाभर वितरण हुने भएकाले नगरपालिका थप कडाइका साथ अनुगमनमा उत्रिएको हो।