समाज

    Showing 8,521-8,530 of 10,220 items.
  • जिपको ठक्करबाट एक महिलाको मृत्यु

    काठमाडौं— चितवनको भरतपुरमा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महानगरपालिका–७, प्रेमबस्ती चोकमा दुर्घटना हुँदा भरतपुर–६ इन्द्रपुरी निवासी ५२ वर्षीया लक्ष्मी वाग्ले घाइते भइ घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ जाँदै गरेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशातर्फ गइरहेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।ट्राफिक प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार ठक्करपछि बोलेरो जिप सडकमै पल्टिएको थियो । स्कुटरमा सवार वाग्लेलाई किचेको प्रहरीले जनाएको छ।जिप चालकलाई प्रहरीले नियन्त्रणमा लि

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 386 पटक पढिएको
  • ठगी मुद्दामा फरार प्रतिवादी लुइँटेल पक्राउ

    काठमाडौं—  प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई मंगलबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा।लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । उनका अनुसार लुइँटेलले  भारत, मलेसिया, सिङ्गापुर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 339 पटक पढिएको
  • तीनकुने घटनामा संलग्न आरोपमा थप एक जना पक्राउ

    काठमाडौं—  काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।रायमाझी दुर्गा प्रसाईँ निकट भनेर चिनिन्छन् । उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 330 पटक पढिएको
  • विष खाएका एकै घरका तीन बालबालिकाको मृत्यु

    काठमाडौं— धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले थाहाखबरलाई जानकारी दिए। आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घटना सोमवार साँझ ६ः४० बजेको समयमा भएको हो। घरमै आमासहित उनीहरू विष सेवन गरेको अवस्थामा फेला परेका र उपचारका लागि अस्पताल लैज

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 277 पटक पढिएको
  • उपसचिव हुँ भन्दै ठगीगरेको अरोपमा एक महिला पक्राउ

    काठमाडौं— नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल  ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षिय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् । उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अनय केही व्यक्तिबाट समेत रकम लिएकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो । उनीमाथि ठगी सम्ब

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 447 पटक पढिएको
  • वैदेशिक रोजगारको लागि रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिनु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।भोलोनलाई काठमाडौंको वडा नं. १२ टेकुबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनले चार जनाबाट बिगो रकम तीन लाख चालिस हजार लिएर सम्पर्क विहीन भएको थिए । पीडितको जाहेरीपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भोलोनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोगजार विभा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 438 पटक पढिएको
  • सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

    काठमाडौं—  सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला रहेका छन्।सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 330 पटक पढिएको
  • श्रीमतीको हत्या गरी श्रीमान् फरार, छोराछोरी घाइते

    काठमाडौं— काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। गएराति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।घटनास्थलबाट मृतक पुतलीका श्रीमा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 380 पटक पढिएको
  • गाउँपालिकाका कार्यालय सहयोगी मृत भेटिए

    काठमाडौं— खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन्। रावाबेसी गाउँपालिका—१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँकै बारीमा मृत भेटिएका हुन् ।गोरेटो बाटोबाट करिब ८—९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको वडाध्यक्ष वडाध्यक्ष गेहेन्द्रमान राईले बताए। दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय खोटाङले  गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले अनुसन्धान जारी रहेको बताए।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 382 पटक पढिएको
  • पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं— ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बता

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 567 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.