काठमाडौं— भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।

“नेपालमा अवैध साना हतियर तस्करी गराउने मध्येका पक्राउ परेका व्यक्ति नाइके मध्येका एक हुन्,” स्रोतले भन्यो, “उनको साथबाट हतियार बरामद भएको छैन । तर, अन्य थुप्रै प्रमाण फेला परेका छन् ।” 

भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्ने ब्युरोको अपेक्षा छ ।

ती भारतीय नागरिकले साना हतियारहरू अवैध गतिविधिमा संलग्नहरूका लागि भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको खुलाएका छन् ।