समाज

    Showing 7,601-7,610 of 11,162 items.
  • जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए ।गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, त्यसको क्रममा सरकारी कार्यालयहरूमा व्यापक रूपमा क्षति पुगेको छ । निजी क्षेत्रहरूमा पनि सम्पत्तिहरू नष्ट गरिएको छ । निर्वाचन आयोगका केही कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन् । नेपाल सरकारले ती कार्यालयहरू पुनः सञ्च

    • प्रकाशित मितिः असोज २, २०८२
    • 669 पटक पढिएको
  • लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

    विराटनगर— सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटना बारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट ३५ जनाको संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।घाइतेमध्ये २०/२२ जनालाई तत्काल उद्धार

    • प्रकाशित मितिः असोज २, २०८२
    • 642 पटक पढिएको
  • जेनजी आनदोलनको क्षतिः २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

    काठमाडौं— जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।सबैभन्दा बढी बीमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बीमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 798 पटक पढिएको
  • हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग

    काठमाडौं— सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ ।एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ ।समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको उपस्थिति रहेको थियो । सन् १९९२ देखि पाइप तथा पानी ट्याङ्की निर्माण गर्दै आएको हिलटेक समूहले विगत तीन दशकदेखि सडक डिभाइडर, डस्टबिन लगायतका सामग्रीहरू पनि सामाजिक सहयोग स्वरूप देशका विभिन्न स्थानमा उपलब्ध गराउँदै आएको छ ।धार्मिक पर्यटन

    • प्रकाशित मितिः असोज २, २०८२
    • 710 पटक पढिएको
  • जनमत पार्टीका ६ जना केन्द्रीय नेताहरुको सामूहिक राजीनामा

    काठमाडौं— डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा देखिएको आन्तरिक विवाद थप चुलिएको छ। पार्टीका केन्द्रीय तहका ६ नेताले बिहीबार पार्टी परित्याग गरेका छन्।बुधबार मात्र पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले आज साधारण सदस्यता समेत त्याग गर्दै पार्टी परित्याग गरेका हुन्।राजीनामा दिने नेताहरूमा १.अब्दुल खान, वरिष्ठ उपध्याक्ष, २.डा. शरद सिंह यादव, केन्द्रिय प्रवक्ता, ३. संजय कुमार यादव, केन्द्रिय संयोजक, जनमत युवा संघ, ४. सि.के.सिंह, केन्द्रिय संयोजक, जनमत स्वास्थ्यकर्मी संघ, ५.राजाराम चौधरी, वरिष्ठ प्रदेश इन्चार्ज, सुदूरपश्चिम प्रदेश र ६. विक्रम बहादुर बम, राष्ट

    • प्रकाशित मितिः असोज २, २०८२
    • 597 पटक पढिएको
  • लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

    काठमाडौं— नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द भएको हो ।जेनजी आन्दोलन पश्चात पहिलो दिन खुलेको बजारमा २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । यसपछि शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।पहिलो सर्किट ब्रेकपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो नकारात्मक सर्किटपछि ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको थियो ।त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 670 पटक पढिएको
  • खोटाङमा रेस्मिका परियार हत्या प्रकरणः एक किशोर पक्राउ

    खोटाङ— खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेस्मिका परियारको हत्यामा संलग्न रहेको आशंकामा एक किशोर पक्राउ परेका छन्। करिब १५–१६ वर्ष उमेरका ती किशोरलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।भदौ ३० गते साँझ बेपत्ता भएकी परियारको शव स्थानीय मार्से सामुदायिक वनमा फेला परेको थियो। उनी अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन् र पञ्चमी बजारस्थित कार्यालयबाट घर फर्किने क्रममा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए।प्रहरीका अनुसार, परियारमाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका छ। घटनाक

    • प्रकाशित मितिः असोज २, २०८२
    • 780 पटक पढिएको
  • जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

    सुर्खेत— भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् । प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रूपैयाँ बराबरको क्षति भएको छ ।कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्क

    • प्रकाशित मितिः असोज २, २०८२
    • 587 पटक पढिएको
  • सर्वोच्च अदालतमा त्रिपालमुनी सुनुवाई, जेनजी आन्दोलनपछि अस्थायी व्यवस्थामै न्याय प्रक्रिया

    काठमाडौं—  गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेका थिए। त्यसको असरस्वरूप अदालतको भौतिक संरचना क्षतिग्रस्त भएपछि अहिले त्रिपालमुनी अस्थायी रूपमा मुद्दा सुनुवाईको काम चलिरहेको छ।बिहीबार अदालतले दुई जना बन्दीसम्बन्धी मुद्दाको सुनुवाई त्रिपालमुनी बसेर सम्पन्न गरेको हो। सुविधासम्पन्न भवनमा हुने संवैधानिक प्रकृया अहिले असहज परिस्थितिबाट गुज्रिरहेको छ।सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सुरु हुन बाँकी छ। तर, न्याय सेवा नरोकिने उद्देश्यले अस्थायी व्यवस्थामै भए पनि मुद्दा सुनुव

    • प्रकाशित मितिः असोज २, २०८२
    • 550 पटक पढिएको
  • कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन्ः विचार कसैले मार्न सक्दैन्’

    विराटनगर— जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए । सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ । नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो । तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन ।’यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 514 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.