समाज

    Showing 6,831-6,840 of 11,162 items.
  • चीनद्वारा 'गाओफेन–१४ ०२' उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

    काठमाडौं— चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।गाओफेन–१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च–सटीक त्रि–आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पु¥याउने बताइ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 593 पटक पढिएको
  • बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै

    बाजुरा— बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो ।निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ । मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत  सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रि

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 604 पटक पढिएको
  • दीपेन्द्रसिंह ऐरीले लिए अमेरिकाको पाँचौं विकेट

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले पाँचौं विकेट लिएको छ ।अमेरिकाको पाँचौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान सायान जहाँगिरलाई ११ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए ।दीपेन्द्रले सायानलाई आरिफ शेखमार्फत क्याच गराए । ४०औं ओभरको दोस्रो बलमा जहाँगिर आउट हुँदा अमेरिकाले एक सय ७१ रन बनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 759 पटक पढिएको
  • श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

    कैलाली— कैलालीमा श्रीमान्‌को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३, लक्कडकी ३५ वर्षीया सुनीतादेवी कठरिया छिन् ।श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको उनीमाथि आरोप छ । शनिबारराति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।घरायसी विवादका क्रममा सुनीताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएका थिए । टीकापुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 510 पटक पढिएको
  • महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा थप ५ जना पक्राउ

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरीको हत्या आरोपमा थप पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन् ।वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमाउनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकार दिए ।यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 540 पटक पढिएको
  • सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

    काठमाडौं— ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।&n

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 485 पटक पढिएको
  • २१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आयोगले बजेटको अन्तिम रूप दिने तयारी गरी छिट्टै अर्थ मन्त्रालयमा पठाउने योजना बनाएको हो।बजेट निर्माणको काम जारी रहेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार, “ करिब साढे सात अर्ब रुपैयाँ खर्च हुने देखिन्छ, तर अन्तिम टुंगो भने बाँकी छ।”आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्न थालेको छ। छठ पर्व सकिएलगत्तै ती सामग्रीहरू खरिद प्रक्रिया अघि बढाउनुपर्ने आयोगको भनाइ छ। यसका लागि आयोग र अर्थ मन्त्रालयबीच छलफल भइरहेक

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 699 पटक पढिएको
  • अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छुः दुर्गा प्रसाईँ

    काठमाडौं— ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 597 पटक पढिएको
  • अवैध संरचनामाथि महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए ।“गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए,” उनले भने ।महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 510 पटक पढिएको
  • मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरार मुद्दामा संलग्न

    काठमाडौं— अन्तरिम सरकारमा मन्त्री बन्ने तयारीमा रहेका खगेन्द्र सुनार दुई फरक मुद्दामा फरार अभियुक्त रहेको तथ्य प्रहरीको आधिकारिक रेकर्डबाट खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाले पुष्टि गरेअनुसार सुनारविरुद्ध दुईवटा अभियोगमा कैद सजाय भुक्तान गर्न बाँकी छ।प्रहरी स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि सुनार पक्राउ नपरेका र मुद्दा हालसम्म फर्स्यौट नभएको उल्लेख छ। त्यस्तै, सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते जारी गरेको अर्को पक्राउ पुर्जीका आधारमा समेत उनी पक्राउ परेका छैनन्। दुवै

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 553 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.